- Loading...
शिक्षक सेवा आयोगले सोधिरहने शिक्षाको इतिहास सङ सम्बन्धित महत्त्वपूर्ण प्रश्नउत्तर
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १४५ पटक पढिएको

१. नेपालको शैक्षिक इतिहासलाई कति भागमा वर्गीकरण गरिएको छ?- ३ भाग
२. शिक्षामा उपेक्षाको काल भनेर कुन काललाइ चिनिन्छ?- प्राचीनकाल
३. कुन कालमा शिक्षा धर्मप्रदान थियो ?- लिच्छविकाल ।
४. लिच्छविकालमा शिक्षा हेर्ने प्रशाशनिक अंगको नाम के थियो ?- अग्रहार
६. अंशुवर्माले शिक्षा आर्जनको लागि शिक्षण संस्थालाई कति भागमा वर्गीकरण गरेका थिए ?– ३ भागमा (शैव, बैष्ण्व,बौद्ध )
७. ध्वनी शास्त्रको निर्माण गर्ने ब्यक्ति को हुन?- अंशुवर्मा
८. शिक्षालाइ धर्मबाट अलग गर्ने राजा को हुन?- सिद्दिनरसिंह मल्ल
९. सैनिक शिक्षा र छात्रवृत्तिको प्रथाको सुरुवात गर्ने राजा को हुन?- पृथ्वीनारायण शाह
१०. दरबार स्कुलमा कुनकुन विषय पढाउन निषेध गरिएको थियो ?- इतिहास र भूगोल
११. नेपालको औपचारिक पहिलो बिधालय दरबार स्कुल कुन राजाको पालामा कस्ले स्थापना गरेको थियो ?- राजा सुरेन्द्रविक्रम शाहको राज्यकालमा ,जङ बहादुर राणाले
१२. सबैभन्दा बढी समय शिक्षा डाइरेक्टर हुने ब्यक्ति को हुन?- भिमशमशेर,१९ बर्ष
१३. पहिलो र अन्तिम शिक्षा डाइरेक्टर को हुन?- बबरजङ राणा र मृगेन्द्र शमशेर
१४. सरकारी स्तरबाट खुलेको पहिलो संस्कृत पाठशाला कुन हो?- रानीपोखरी संस्कृत पाठशाला।
१५. दरबार स्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली गरुढध्वज राणा कहिले नियुक्त भएका थिए ?- वि.स १९३५
१६. कुन प्रधानमन्त्रीको पालामा दरबार हाइस्कुलमा सर्वसाधारण जनताको छोराछोरीलाई प्रवेश दिइयो?- वीर शमशेर
१७. स्थापनाको कति बर्ष पछि दरबार हाइस्कुल आफ्नो दरबारमा सरेको थियो ?- ३८ बर्ष
१८. नेपाली भाषाको पहिलो पुस्तक अक्षराङ्क शिक्षाका लेखक को थिए ?- जयपृथ्वीबहादुर सिंह
१९. गोरखापत्रको प्रकाशन कहिले र कस्को पालामा भयो ?- वि.स १९५८ बैशाख २४ देवशमशेरको पालामा
२०. पहिलो entrance पास गर्ने सर्वसाधारण नेपालीका छोरा को हुन?- वीरजङ बिष्ट
२१. वि.स १९६७ कार्तिकमा स्थापना भएको पासजाच अड्डालाई कहिले परीक्षा नियन्त्रण कार्यालयमा परिणत गरियो?- वि.स २०१८ असार ३१
२२. पुस्तकालय पर्व कहिले र कसको पालामा भएको थियो ?- वि.स १९८७ भिमशमशेरको पालामा
२३. कृषि स्कुलको स्थापना कुन प्र.म ले गरेका थिए ?- जुद्द शमशेर
२४. दुनियाँका तर्फबाट प्राइभेट स्कुल खडा गर्न खड्ग निशाना सदर कहिले भएको थियो ?- वि.स १९९५ चैत २८
२५. शिक्षाको पहिलो कानुनी दस्तावेज शिक्षा इस्तिहार कहिले जारी भयो ?- वि.स १९९६ माघ ८
२६. इस्तिहार अनुसार विधालय शिक्षाको संरचना कुन थियो ?-३+४+३
२७. शिक्षा इस्तिहार १९९६ ले कति प्रतिशत गरिब बिद्यार्थीलाई निशुल्क पढाउने ब्यवस्था गरेको थियो ?- २०%
२८. नेपालमा औपचारिक रुपमा प्राविधिक तथा ब्यवसायीक शिक्षाको सुरुवात कहिले बाट भयो ?– वि. स १९९९, हालको पुल्चोक इन्जिनियर क्याम्पस
स्थापना सङै
२९. उपत्यका बाहिरको पहिलो SLC परीक्षा केन्द्र कहिले र कहाँ रहेको थियो ?- वि.स २००१ सालमा त्रीजुद्द हाइस्कुल बिरगंज
३०. स्कुलका पिता भनेर कसलाई चिनिन्छ?- पदमशमशेर
सामाजिक सञ्जाल तिर

