- Loading...
आयोग तयारी ; सम्भावित प्रश्नोत्तर
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १८५ पटक पढिएको

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
१.नेपालको संविधान २०७२ मा केन्द्रीय विश्वविधालय कसको अधिकार क्षेत्र भित्र पर्दछ?- संघको अधिकार (अनुसूची ५)
२. नेपालको संविधान २०७२ मा प्रदेश विश्वविधालय कस्को अधिकार क्षेत्र हुने भनिएको छ?- प्रदेशको अधिकार (अनुसूची ६)
३. नेपालको संविधान २०७२ मा आधारभूत तथा माध्यमिक शिक्षा कसको अधिकार क्षेत्र भित्र पर्दछ?- स्थानीय तह( अनुसूची ८)
४. नेपालको संविधान २०७२ को धारा कतिमा शिक्षासम्बन्धी हकको ब्यवस्था गरिएको छ?- धारा ३१(उपधारा ५ वटा छ्न)
५. बर्तमान नेपालको संविधान २०७२ मा कुन तह सम्मको शिक्षा अनिवार्य र निशुल्क बनाइएको छ?- आधारभूत तह
६. बर्तमान नेपालको संविधान २०७२ मा कुन तहसम्मको शिक्षा निशुल्क बनाइएको छ?- माध्यमिक तह
७. प्रत्येक नागरिकलाई कस्तो शिक्षाको पहुँच हुनेछ?- आधारभूत शिक्षा
८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा गाउँपालिका तथा नगरपालिकाको शिक्षा समबन्धी काम कर्तव्य र अधिकार उल्लेख गरिएको छ?- दफा ११
९. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा क्रमशः कति परिच्छेद, दफा र अनुसूचीहरुको ब्यवस्था छ?- १५, १२१, २
१०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सालको ऐन न कति हो?- २६
११. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद कतिमा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारको ब्यवस्था छ?- परिच्छेद ३
२०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को केही नेपाल संसोधन गर्ने ऐन कहिले आयो?- वि.स २०७५/११/१९
२१.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कहिले स्वीकृत भएको हो?- वि.स २०७४/०६/२९
२२. विधालय शिक्षा आधारभूत तहको परीक्षा संचालन, अनुगमन र ब्यवस्थापन कुन तहले गर्ने प्रावधान छ?- गाउँपालिका तथा नगरपालिका
२३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा वडा समितिको काम कर्तव्य र अधिकारको ब्यवस्था गरिएको छ?- दफा १२ ग
२४. सामुदायिक सिकाई केन्द्रको निति, अनुगमन र नियमन कुनले गर्ने ब्यवस्था छ?- गाउँ वा नगरकार्यपालिका
२५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाले शिक्षासम्बन्धी गर्ने कार्य कतिवटा छ्न?- २३ वटा
सामाजिक सञ्जाल तिर

