- Loading...
शिक्षक सेवा आयोग, शिक्षक लाइसेन्स,प्रास,बिनि तयारीको लागि तयार गरिएको महत्त्वपूर्ण सामग्री
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १६५ पटक पढिएको

१. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ नेपाल सरकारद्वारा कहिले जारी भयो ?- वि.स २०७६ भाद्र २० गते
२. नेपालमा बिधालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप पहिलो पटक कहिले तयार गरि लागु गरियो?- वि.स २०६३ माघ २५
३. रा.पा.प्रारुप,२०७६ अनुसार कति कक्षासम्म ढाचा तयार गरिएको छ ?- कक्षा १२ सम्म
४. रा.पा.प्रारुप,२०७६ अनुसार नेपालको बिधालय शिक्षा कति बर्षे अवधीको रहेको छ?- १३ बर्षे
५. पाठ्यक्रम प्रारुप तयार गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रले कार्ययोजना तयार गरि कहिले देखि कार्य आरम्भ गरेको थियो ?- वि.स २०७३ फागुनबाट
६. रा.पा.प्रारुप,२०७६ अनुसार बिधालय तह कति तहको हुने भनिएको छ?- २ तह (आधारभूत र माध्यमिक )
७. रा.पा.प्रारुप,२०७६ अनुसार १-८ सम्मको आधारभूत शिक्षा कति बर्षको हुने भनीएको छ? –८ बर्ष
८. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ९-१२ सम्मको माध्यमिक शिक्षा कति बर्षको हुने भनिएको छ?- ४ बर्ष
९. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कति प्रकारको हुने भनिएको छ?- ३ प्रकार( साधारण, परम्परागत,प्राविधिक तथा ब्यवसायीक)
१०. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत शिक्षा को कति तह छन?- ३ तह (कक्षा १-३, ४-५,६-८)
११. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कति तह छन?- २ तह (कक्षा ९-१०,११-१२)
१२. रा.पा.प्रारुप,२०७६ निर्माणका क्रममा कुन कुन शैक्षिक सामग्रीको पुनरावलोकन गरिएको थियो ?- राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३, अन्तर्राष्ट्रिय अभ्यासको पुनरावलोकन र राष्ट्रिय नितिगत दस्तावेजको अध्ययन, मौजुदा पाठ्यक्रम र पाठ्यपुस्तकको विश्लेषण
१३. रा.पा.प्रारुप,२०७६ अनुसार शिक्षाका राष्ट्रिय उद्देश्य कति रहेको छ?- १२ वटा
१४. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ४ र ५ को साप्ताहिक पाठ्यघण्टा कति निर्धारण गरिएको छ?- ३२ घन्टा
१५. पाठ्यक्रमको सन्दर्भमा भाषाका पक्षहरु केके पर्दछन?- भाषाको संरक्षण ,प्रवर्द्धन र विकासको पक्ष र पठनपाठनको पक्ष
१६. रा.पा.प्रारुप,२०७६ अनुसार प्रारम्भिक वालविकास र शिक्षाको अवधि कति रहेको छ?– १ बर्ष
१७.रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा १ मा भर्ना हुने बिद्यार्थीको उमेर कति हो?- ५ बर्ष
१८. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत तहको सिकाइ क्षमता स्तर कति रहेको छ?- ३ तह
१९. रा.पा.प्रारुप,२०७६ अनुसार मावी कक्षा ९-१२ को सक्षमता कति रहेका छन?- १५
२०. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत तहको सक्षमता कति रहेका छन?- १२ वटा
२१. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत तह १-३ का सक्षमता कति रहेका छन?- ७ वटा
२२. रा.पा.प्रारुप,२०७६ अनुसार प्रारम्भिक बालबिकास र शिक्षाको बार्षिक पाठ्य समय कति रहेको छ?- ५७६ घन्टा
२३. रा.पा.प्रारुप,२०७६ अनुसार आधारभूत शिक्षा ४-५ मा कति सक्षमताहरु छन?- ८ वटा (बार्षिक कार्यघन्टा १०२४)
२४. रा.पा.प्रारुप,२०७६ अनुसार बिषय क्षेत्रगत समूह कति गठन गरिएको थियो ?- ७ वटा
२५. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ४-५ को साप्ताहिक पाठ्यभार कति रहेको छ?- ३२ घन्टा
२६. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा ९-१० मा कति वटा ऐच्छिक बिषय निर्धारण गरिएको छ?- २ वटा
२७.रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा ९-१० को प्राविधिक तथा ब्यवसायीक शिक्षातर्फ कतिवटा बिधागत बिषय राखिएको छ?- ४ वटा
२८. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा ९-१० को प्राविधिक तथा ब्यवसायीक शिक्षा तर्फ बिधागत बिषयहरुमा कति % कार्यघन्टा सैद्धान्तिकको लागि छुट्याइएको छ?- ५०%
२९. कक्षा १-३ सम्म एकीकृत पाठयक्रम ढाचा, कक्षा ९-१२ मा एकलपथिय पाठ्यक्रम स्थापित गर्ने कुन दस्तावेजको निति हो?- राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ को
३०. सार्वजनिक परीक्षा सन्चालन तथा प्रमाणिकरण सम्बन्धमा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले कस्तो ब्यवस्था गरेको छ?- कक्षा ८ को परीक्षा स्थानीय तहले लिने, कक्षा १० को परीक्षा प्रदेश तहले लिने, कक्षा ११-१२ को परीक्षा संघले लिने
३१. रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ११-१२ को प्राविधिक तथा ब्यवसायीक शिक्षा तर्फ प्राज्ञीक बिषयहरु कतिवटा निर्धारण गरिएको छ?- ३ वटा
३२ रा.पा.प्रारुप,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ११-१२ मा कतिवटा बिषय ऐच्छिक पहिलोपत्र निर्धारण गरिएको छ?- १५ बिषय
३३. रा.पा.प्रारुप,२०७६ अनुसार कक्षा १-३ सम्म कति पाठ्यघन्टा तोकिएको छ?- २६ पाठ्यघन्टा
सामाजिक सञ्जाल तिर

