FLASH NEWS
  • Loading...

लाइसेन्स तयारी : शैक्षिक तथ्यांक संकलन तथा ब्यवस्थापन सम्बन्धित

Post Thumbnail

१. नेपालमा शिक्षा क्षेत्रमा तथ्यांक संकलन कार्य सुरु कहिले बाट भयो ?- वि.स २०२०/२०२१
२. नेपालमा ब्यवस्थित तरिकाले शैक्षिक तथ्यांक संकलन, विश्लेषण र प्रयोग गर्न कहिले बाट थालिएको हो?- वि.स २०२८ राष्ट्रिय शिक्षा पद्धतिको योजना पश्चात्
३. शिक्षा मन्त्रालयले तथ्यांक प्रशोधन कार्यमा कम्प्युटरको प्रयोग कहिलेबाट गर्यो?- आ.व २०४१/२०४२ बाट
४. नेपालमा बिधालय स्तरिय शैक्षिक तथ्यांक ब्यवस्थापनका लागि Flash Reporting System फाराममा तथ्यांक भर्ने कार्यको थालनी कहिले बाट भएको हो?- वि. स २०६१ जेठ ७
५. तथ्यांक दिवस कहिले मनाइन्छ?- जेठ ७ ,मे २१
६. बिधालयमा Flash II कहिले भरिन्छ?- चैत २३ April 5
७. शैक्षिक तथ्यांक संकलन गर्दा कतिवटा स्रोतहरु प्रयोग गरिन्छ?- २ वटा (प्राथमिक स्रोत र दित्तिय स्रोत)
८. प्रश्नावली तथ्यांक संकलनको कुन स्रोत हो?- प्राथमिक स्रोत
९. शैक्षिक सूचनाहरुलाई अर्थपूर्ण बनाई विश्लेषण योग्य बनाउन के बढी उपयोगी हुन्छ?- सूचकको निर्माण
१०. शैक्षिक तथ्यांकका अङहरु वा प्रक्रियाको उपयुक्त क्रम कुन हो?- तथ्यांक संकलन , प्रशोधन(प्रस्तुतिकरण), विश्लेषण, प्रवोधिकरण र प्रयोग )
११. शैक्षिक तथ्यांक सम्प्रेषण कति ढाचामा गरिन्छ?- २ (लम्बिय, समतलिय)
१२. Flash फारामहरु बिधालयमा को मार्फत पुग्दछ?- स्थानीय तह
१३. शैक्षिक तथ्यांकके मुख्यतया कुन कुरामा सहयोग गर्दछ?- शैक्षिक ब्यवस्थापन गर्न
१४. शैक्षिक तथ्यांक संकलन तथा बिश्लेषणको उपयोग अनिवार्य रुपमा हुने विषय कुन हो? – शैक्षिक ब्यवस्थापन
१५. नेपालमा IEMIS को परीक्षण भएको जिल्ला कुन हो? – भक्तपुर वि.स २०६९
१६. नेपालका सबै विधालयमा IEMIS को प्रयोग कहिले बाट भयो ?-वि.स २०७१
१७. IEMIS को पूरा रुप के हो?- Integrated Educational Management System
१८. शैक्षिक तथ्यांक software मा भर्ने काम कस्ले गर्दछ?- शिक्षा विकास तथा समन्वय इकाई
१९. शैक्षिक ब्यवस्थापन सूचना प्रणाली EMIS Educational Management Information System के हो?- शिक्षा सङ सम्बन्धित सबै किसिमका सूचनालाई ब्यवस्थित किसिमले विभिन्न सूचकहरुका माध्यमबाट प्रदर्शित गरि ठिकसङ ब्यवस्थापन गर्ने तरिका, विधि, वा प्रणाली
२०. शैक्षिक ब्यवस्थापन सूचना प्रणालीका कार्य हरु केके हुन?- तथ्यांक संकलन, भण्डारण, प्रशोधन,विश्लेषण र प्रबोधीकरण
२१. शैक्षिक ब्यवस्थापन सूचना प्रणाली अन्तर्गत सम्बन्धित नभएको पक्ष कुन हो?- तथ्यांक बितरण
२२. बिधालयको तथ्यांक बितरण वा Flash फारामहरु कसले छपाई गर्छ?- शिक्षा विकास तथा समन्वय इकाई
२३. बिधालयको तथ्यांक भर्ने तयार गर्ने काम कस्ले गर्दछ?- शिक्षा तथा मानव स्रोत विकास केन्द्र
२४. Flash I र II को फाराम छपाइको लागि CRC तयार गर्ने कस्ले गर्दछ?- शिक्षा तथा मानव स्रोत विकास केन्द्र
२५. शैक्षिक सूचना ब्यवस्थापन प्रणालीको चक्रमा सबैभन्दा पछी गरिने कार्य कुन हो?- प्रबोधीकरण
२६. शैक्षिक तथ्यांक IEMIS मा Update गरि Online मा upload गर्नुपर्ने ब्यवस्था कहिले बाट भयो ?- वि.स २०७५
२७. बिधालय स्तरको शैक्षिक तथ्यांक राष्ट्रिय स्तरमा कसले प्रकाशन गर्दछ?- शिक्षा तथा मानव स्रोत विकास केन्द्र
२८. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शैक्षिक तथ्यांक सम्बन्धि कार्य कुन शाखाले गर्दछ?- शैक्षिक सूचना ब्यवस्थापन शाखा
२९. विधालय तथ्यांक फाराम भरी सम्बन्धित स्थानीय तहमा पेस गर्ने मुख्य जिम्मेवारी कसको हुन्छ?- प्रधानाध्यापक
३०. बिधालय स्तरिय तथ्यांक संकलनको अनिवार्य प्रयोग गरियो ?- वि.स २०७३
३१. बिधालयबाट तथ्यांक फाराम कति प्रति भरी पठाउनुपर्दछ?- ३ प्रति
३२. Flash report के सङ सम्बन्धित छ?- IEMIS
३३. शैक्षिक संख्यात्मक सूचना र जानकारीको बैज्ञानिक र ब्यवस्थित प्रस्तुतिकरणलाई के भनिन्छ?- शैक्षिक तथ्यांक 

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार