- Loading...
शिक्षक सेवा आयोगले बारम्बार सोधिरहने महत्त्वपूर्ण प्रश्नोत्तर
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १०६ पटक पढिएको

१. ब्यक्तिको सर्वाङ्गिण विकास गराउन सहयोग गर्नु शिक्षाको कुन अर्थ हो?- वास्तविक
२. शिक्षा एक द्दिमुखी प्रक्रिया हो यसका २ मुख शिक्षक र बिद्यार्थी हुन यो भनाइ कस्को हो?- John Adams
३. ” शिक्षा एक त्रीमुखी प्रक्रिया हो”। यसमा प्रकृति समाज र नैतिकता हुन ।यो भनाइ कस्को हो?- J.E Admonson
४. शिक्षा सामाजिक विकासको प्रक्रिया हो ।यो शिक्षाको कुन अर्थ हो?- विष्लेशणात्मक
५. राम्रो नैतिक चरित्रको विकास नै शिक्षा हो। यो भनाइ कस्को हो?- हरबर्ट
६. शिक्षा भनेको देशको तालिम र राष्ट्रप्रतिको माया हो। यो भनाइ कस्को हो?- कौटिल्य
७. शिक्षा त्यो प्रक्रिया हो जस्को परम लक्ष्य मुक्ति हो। – उपनिषेद
८. मानिसमा भएका सम्पुर्णताको पहिचान नै शिक्षा हो ।- विवेकानन्द
९. शिक्षा मानिसको सम्पुर्ण विकास हो। – कमेनियस
१०. शिक्षा भनेको आन्तरिक गुणलाई बाहिर प्रकाशमा ल्याउनु हो। – फ्रोवेल
११. औपचारिक शिक्षा कस्तो प्रकृतिको शिक्षा हो?-अलचिलो एवम कठोर प्रकृतिको
१२. जीवन पर्यन्त चलिरहने शिक्षा कुन शिक्षा हो?- अनौपचारिक शिक्षा
१३. अनौपचारिक शिक्षालाई सर्वप्रथम प्रचारित गर्ने ब्यक्ति को हुन?- कुम्बस
१४. The school is dead को सङ सम्बन्धित छ?- एभरेट रेमर
१५. Deschooling Society को सङ सम्बन्धित छ?- इभान इलिच
१६. Pedagogy of the oppressed नामक कृतिका लेखक को हुन?- पाउलो फ्रेरे
१७ औपचारिक शिक्षालाई Banking Approach भनी आलोचना गर्ने ब्यक्ति को हुन?- पाउलो फ्रेरेले Pedagogy of the oppressed पुस्तकमा आलोचना गरेका)
१८. अनौपचारिक शिक्षामा शिक्षक कुन भुमिकामा रहन्छन?- सहजकर्ता
१९. REFLECT का प्रतिपादक को हुन?- पाउलो फ्रेरे (Frererian Literacy Through Empowering Community Techniques)
२०. प्रौढ शिक्षण विधीलाई के भनिन्छ?- Andragogy
२१. “आफूलाइ जान” यो भनाइ कस्को हो?- कन्फ्युसियस
२२. नेतृत्व विकासको लक्ष्य शिक्षाको कुन उदेश्य भित्र पर्दछ?- बैयक्तीक लक्ष्य
२३. जनशक्तिको बिकास शिक्षाको कुन उदेश्य हो?- सामाजिक उद्देश्य
२४. चरित्र शिक्षाको कुन उदेश्य हो?- चरित्र विकास
२५. जुन बुबेकरका अनुसार समाजमा शिक्षाका बैकल्पिक कार्य कति छन?-४ वटा
२६. कुन बादले शिक्षाको उद्देश्यलाई अन्तरनिहित क्षमताको विकासको रुपमा लिएको छ?- आदर्शवाद
२७. कुन बादले शिक्षाको उदेश्यलाई पुर्ण जीवनको तयारीको रुपमा लिएको छ?- प्रकृतिवाद।
२८. शिक्षाविद जोन एडम्सका अनुसार ब्यक्तिले सम्बन्ध राख्नुपर्ने ३ वटा संसार केके हुन?- प्रकृति, समाज र नैतिकता
२९. “प्रमाणपत्र रोगबाट मुक्त सहि शिक्षा नै अनौपचारिक वा जीवनपर्यन्त शिक्षा हो” यो भनाइ कस्कोहो?- रोनाल्ड डोर
३०. जीवन शिक्षापर्यन्त चलिरहने शिक्षा कुन हो?- अनौपचारिक शिक्षा
सामाजिक सञ्जाल तिर

