FLASH NEWS
  • Loading...

लाइसेन्स तयारी : छुटाउनै नहुने महत्त्वपूर्ण प्रश्नोत्तर संग्रह

Post Thumbnail

१.नेपालको संविधान २०७२ मा केन्द्रीय विश्वविधालय कसको अधिकार क्षेत्र भित्र पर्दछ?- संघको अधिकार (अनुसूची ५)
२. राष्ट्रिय किताबखाना( शिक्षक) ले सेवाबाट अनिवार्य अवकाश हुने शिक्षकले कति अवधि पूरा हुनुअगावै जानकारी गराउनुपर्दछ?- ६ महिना
३. वि.स २०६६ कार्तिक १३ मा स्थापित निकाय कुन हो?- शैक्षिक गुणस्तर केन्द्र
४. शिक्षकको प्रतियोगात्मक परीक्षाको पाठ्यक्रम विकास गर्ने कार्य कुन निकायले गर्दछ?- शिक्षक सेवा आयोग
५. बालअधिकार महासन्धी कहिले पारित भयो?- सन १९९० नोभेम्बर २०
६. ICT ko पूरा रुप के हो?- Information Communication Technology
७. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो?- ब्यवहारको विज्ञान
८. “अनुभव तालिम एवम प्रयोगबाट ब्यवहारको परिवर्तन हुनु नै सिकाइ हो”। यो भनाइ कस्को हो?- Gates
९. मानव वृद्धि भन्नाले के बुझिन्छ?- शारीरिक परिवर्तन
१०. विधालय सामाजिक परीक्षण मापदण्ड कहिले स्वीकृत भएको हो?- वि.स २०७८/०२/२६
११. विधालयमा win-win रणनीति कस्तो रणनीति हो?- सहकार्यमुलक
१२. बि.ब्य.स को सदस्य सचीव को हुने ब्यवस्था छ?- प्रधानाध्यापक
१३. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रमको सुरुवात कहिले देखि भएको हो?- वि.स २०१३
१४. रेडियोबाट दुरशिक्षा पद्धतिमार्फत २०३७ सालमा कुन तालीम सुरुवात गरिएको थियो ?- १५० घन्टे
१५. शिक्षक तालिम नीति कहिले जारी भयो?- वि.स २०६२/०२/२४
१६. गुणस्तरीय शिक्षा के सङ सम्बन्धित छ?- सक्षमता अभिबृदी र उच्चतम प्रतिफल
१७. गुणस्तरीय शिक्षाको आधारभुत तत्व कुन हो?- गुणस्तरीय सिकाइ,स्तरीय शिक्षा,महिला सशक्तीकरण
१८. स्रोत साधनहरुको अधिकतम परिचालन गरि अपेक्षित उदेश्य हासिल गर्ने प्रक्रिया के हो?- ब्यवस्थापन
१९. शैक्षिक ब्यवस्थापनको प्रक्रिया कुन हो?- योजना,संगठन, निर्देशन ,नियन्त्रण
२०. वि.स २००७ सालमा नेपालको साक्षरता % कति थियो ?- २%
२१. बार्षिक कार्ययोजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो?- विषय शिक्षक
२२. पाठयोजनाको महत्त्वपूर्ण तत्व कुन हो?- उद्देश्य
२३. शिक्षकको कार्यबिभाजन कुन योजनाले गर्दछ?- समय तालिका
२४. पाठ्यक्रमको शाब्दिक अर्थ के हो?- Race Course
२५. पाठ्यक्रमका तत्वको क्रम कुन हो?- उद्देश्य, बिषयबस्तु, शिक्षण सिकाइ क्रियाकलाप, मुल्यांकन
२६. एक शैक्षिक सत्रभरी कुनै विषयमा शिक्षकले बिद्यार्थीलाई प्रदान गर्ने ज्ञानलाई के भनिन्छ?- पाठ्याँश

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार