FLASH NEWS
  • Loading...

नासु,खरिदार तथा शिक्षक सेवा आयोग (खुला)प्रतियोगिताको लागि महत्त्वपूर्ण सामग्री

Post Thumbnail

१. COP सम्मेलन Conference of Parties को सुरुवात कहिले भयो ?- सन १९९५
२ .हालसम्म कतिवटा .COP सम्मेलन भैसकेका छन?- २६ औ
३. COP 1 कहिले र कहाँ भएको थियो ?- सन १९९५ मा जर्मनीमा
४. COP सम्मेलनमा नेपालको सहभागीता कहिले देखि भएको हो?- सन २०११ को १७ औ सम्मेलन बाट जुन South Africa मा भएको थियो ।
५. २०२१ मा २६ औ COP सम्मेलन कहाँ भएको थियो ?- स्कटल्याण्ड
६. २०२२ मा हुने COP सम्मेलन कहाँ हुँदै छ? इजिप्ट
७. COP सम्मेलन के सङ सम्बन्धित छ?- जलवायु परिवर्तन
८. क्योटो प्रोटोकल के हो?- सन १९९७ मा जापानको क्योटो सहरमा भएको COP तेस्रो सम्मेलनले हरितगृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गरी जलवायु परिवर्तन को असरलाई कम गर्न विश्वका १४१ राष्ट्रद्वारा अनुमोदन गरेको सन्धी क्योटो प्रोटोकल हो।
९. क्योटो प्रोटोकल कहिले देखि विश्वभर लागु भएको हो?- सन २००५ फेब्रुअरी १६
१०. क्योटो प्रोटोकलबाट बाहिरिने पहिलो राष्ट्र कुन हो कहिले बाहिरियो?- सन २०११ मा क्यानडा
११. क्योटो प्रोटोकलमा अफगानिस्तान कहिले समावेश भएको हो? – सन २०१३
१२. क्योटो प्रोटोकल के सङ सम्बन्धित छ?- हरितगृह
१३. क्षेत्रफलको आधारमा राष्ट्रिय निकुञ्जहरु सबैभन्दा ठुलो बाट सानो क्रम – शे-फोक्सुण्डो(३५५५ बर्ग कि.मि) ,लाङटाङ (१७१०) मकालु वरुण(१५००), सगरमाथा(११४८), बर्दिया(९६८), चितवन(९५२.६३), पर्सा(६२७.३९), बाँके(५५०) शुक्लाफाँट(३०५), खप्तड(२२५), शिवपुरी-नागार्जुन(१५९), रारा(१०६)
१४. स्थापनाको आधारमा राष्ट्रिय निकुञ्जहरुको क्रम- चितवन (वि.स २०३०), लाङटाङ (२०३२), बर्दिया ( वि.स २०३२), सगरमाथा (वि.स २०३२), रारा (२०३२), शे-फोक्सुण्डो ( वि.स २०४०), खप्तड( वि.स २०४२), मकालु वरुण ( वि.स २०४९), शिवपुरी नागार्जुन (वि.स २०५८), बाँके (वि.स २०६७), शुक्लाफाट (वि.स २०७३), पर्सा (वि.स २०७४)।
१५. नेपालको तराई क्षेत्रको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो?- बर्दिया राष्ट्रिय निकुञ्ज
१६. विश्व सम्पदा सुचीमा सुचिकृत राष्ट्रिय निकुञ्ज कति छ्न?– २ वटा (पहिलो सन १९७९ मा सगरमाथा रा.नि , दोश्रो सन १९८४ चितवन रा.नि
१७. सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो?- चितवन राष्ट्रिय निकुञ्ज
१८. बाघ ,हात्ती , गैंडा, हिलेकावा चराका लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो?- चितवन राष्ट्रिय निकुञ्ज
१९. कृष्णसार, घोडगधाका लागि प्रशिद्द राष्ट्रिय निकुञ्ज कुन हो?- बर्दिया राष्ट्रिय निकुञ्ज
२०. हाब्रे (Red Panda) को लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो?- लाङटाङ राष्ट्रिय निकुञ्ज
२१. बार्हसिङेको लागी प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो?- शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
२२. गोहि प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ?- बर्दिया (चितवन रा.नि)
२३. तिब्बती खरायो पाइने राष्ट्रिय निकुञ्ज कुन हो?-शे- फोक्सुण्डो
२४. विश्वका कति देशमा बाघ पाइन्छ्न?– १३ देशमा
२५. सबैभन्दा बढी बाघ पाइने देश कुन हो?- भारत
२६. विश्वमा कतिवटा देशको राष्ट्रिय जनावर बाघ छ?- ५ देशको( भारत , बङलादेश, मलेसिया, दक्षिण कोरिया , भियतनाम )
२७. नेपालमा हाल बाघको संख्या कति रहेको छ?- २३५
२८. नेपालमा कुन प्रजातिका बाघको गणना गरिन्छ?- रोयल बङ्गाल
२९. नेपालमा प्रत्येक कतिकती बर्षमा बाघ गणना गरिन्छ?-   ४/४ बर्षमा                                          ३०. नेपालमा कहिले देखि बाघ गणना सुरु गरिएको हो?- वि.स २०६५ देखि
३१. नेपालका बाघ गणना दुत कसलाई नियुक्त गरिएको छ?- महानायक राजेश हमाल
३२. रामसार महासन्धी के हो?- सन १९७१ फेब्रुअरी २ मा इरानको राजधानी तेहरान नजिकै रामसार भन्ने ठाउँमा सिमसार क्षेत्रको संरक्षणका लागि भएको सन्धी नै रामसार महासन्धी हो।
३३. रामसार महासन्धिलाई नेपालले कहिले अनुमोदन गरेको हो?- सन १९८७ डिसेम्बर १७ मा
३४. विश्व सिमसार दिवस कहिले मनाइन्छ?- प्रत्येक बर्ष फेब्रुअरी २ मा

सामाजिक सञ्जाल तिर

३५. विश्वमा सिमसार दिवस कहिले देखि मनाउन सुरु गरिएको हो?- सन १९८५ देखि
३६. नेपालमा सिमसार दिवस कहिले देखि मनाउन सुरु गरिएको हो?- सन १९९७ देखि                                 ३७. विश्व सिमसार दिवस २०२२ को नारा के थियो ?- Wetlands Action for People and Nature
३८. विश्व सिमसार दिवस २०२१ को नारा के थियो ?- Wetlands and Water
३९. रामसार सुचिमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु कतिवटा छ्न?- १० वटा
४०. रामसार सुचिमा सुचिकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो?- कोशिटप्पु बन्यजन्तु आरक्ष ।
४१. रामसार सूचीमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरूको क्रम- कोशिटप्पु बन्यजन्तु आरक्ष (सन १९८७ डिसेम्बर १७), घोडाघोडी ताल , जगदीशपुर ताल, बिसहजारी ताल(सन २००३ अगष्ट १७),सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रको गोक्यो ताल क्षेत्र , शे-फोक्सुण्डो, रारा ताल , गोसाइँकुण्ड (सन २००७ सेप्टेम्बर २३),माइपोखरी(सन २००८ सेप्टेम्बर २७), कास्किका ९ ताल(सन २०१६ फेब्रुअरी २)
४२. रामसार सूचीमा सुचिकृत कास्किका ९ तालहरु केके हुन?- फेवाताल , रुपाताल, वेगनास ताल, खास्टे ताल, गुदेताल, न्युरेनी ताल, मैदी ताल, दिपाङ ताल, कमलपोखरी
४३. रामसार सुचिमा सुचिकृत नेपालको सबैभन्दा ठुलो सिमसार क्षेत्र कुन हो?- पोखराका ९ ताल
४४. रामसार सुचिमा समावेश भएका पोखराका ९ तालहरुको जम्मा क्षेत्रफल कति रहेको छ?- १७५०० हेक्टर
४५. रामसार सुचिमा सुचिकृत नेपालको सबैभन्दा सानो सिमसार क्षेत्र कुन हो?- माइपोखरी (क्षेत्रफल ९० हेक्टर , ०.९ बर्ग कि.मि)
४६. नेपालको एकमात्र बन्यजन्तु आरक्ष कुन हो र कहिले स्थापना भएको थियो ?- कोशीटप्पु बन्यजन्तु आरक्ष , स्थापना वि.स २०३२, क्षेत्रफल १७५ बर्ग कि.मि
४७. नेपालको श्रीलंका भनेर के लाई चिनिन्छ?- कोशिटप्पु बन्यजन्तु आरक्ष
४८. अर्नाको लागि प्रख्यात बन्यजन्तु आरक्ष कुन हो?- कोशिटप्पु
४९. नेपालमा कतिवटा शिकार आरक्ष छ्न?- १ वटा
ढोरपाटन सिकार आरक्ष
५०. ढोरपाटन सिकार आरक्ष कुन कुन जिल्लामा फैलिएको छ?- बाग्लुङ, म्याग्दी, रुकुम पश्चिम
५१. नेपालमा कतिवटा संरक्षीत क्षेत्र छ्न?- ६ वटा
५२. सबैभन्दा ठुलो संरक्षीत क्षेत्र कुन हो?- अन्नपूर्ण संरक्षण क्षेत्र (क्षेत्रफल ७६२९ बर्ग कि.मि)
५३. नेपालमा कतिवटा संरक्षीत स्तनधारी पाइन्छ्न?- २७ प्रजातीका
५४. नेपालमा कतिवटा संरक्षीत पन्क्षी पाइन्छ्न?- ९ वटा
५५. नेपालमा संरक्षीत घस्रने जीव कतिवटा छ्न?-३ वटा ( सुनगोहोरो, अजिङ्गर, घडियाल गोही)
५६. गौरीशंकर संरक्षण क्षेत्र कुनकुन जिल्लामा फैलिएको छ?- दोलखा, सिन्धुपाल्चोक, रामेछाप )
५७. अन्नपूर्ण संरक्षण क्षेत्रको स्थापना कहिले भएको हो?- वि.स २०४९
५८. प्रत्येक बर्ष चरा महोत्सव कहाँ हुन्छ?- कोशिटप्पु बन्यजन्तु आरक्ष
५९. सबैभन्दा सानो संरक्षण क्षेत्र कुन हो?- कृष्ण सार
६०. ढोरपाटन बिमानस्थल कहाँ रहेको छ?- बाग्लुङ

 

प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार