- Loading...
शिक्षक लाइसेन्स,प्रास,बिनिको लागि उपयोगी सामग्री
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १७४ पटक पढिएको

१.शिक्षा नियमावली २०५९ को आठौं संसोधन कहिले भएको हो?- वि.स २०७१ बैशाख २९(९ औ २०७७ फागुन ३)
२. जिल्ला शिक्षा समिति विघटन गर्ने आधार कतिवटा छन?- ३ वटा
३. विषेश शिक्षा परिषदको अध्यक्ष को हुने ब्यवस्था छ?- शिक्षा मन्त्री वा राज्य मन्त्री
४. शिक्षक सेवा आयोग नियमावली को ११ औ संसोधन कहिले भएको थियो ?- वि.स २०७८ पुस १९
५. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनी कुन हकमा उल्लेख गरिएको छ?- शिक्षासम्बन्धी हक
६. अनुसूची ८ मा स्थानीय तहका कतिवटा अधिकारका शुचि राखिएको छ?- २२ वटा
७. समाहित शिक्षा लागू भएको पहिलो जिल्ला कुन हो?- बाँके
८. बालमैत्री बिधालय राष्ट्रिय प्रारुप कहिले स्वीकृत भएको हो?- वि.स २०६७ मंसिर ९(प्रमुख लक्ष्य : बालमैत्री शिक्षण सिकाइको वातावरण तयार गर्ने)(पक्ष/तत्वहरु: ९ वटा छन)
९. बालमैत्री बिधालय राष्ट्रिय प्रारुप अनुसार प्रती विधार्थी न्युनतम कति क्षेत्रफल भएको कक्षाकोठा हुनुपर्छ ?- ०.७५ बर्गमिटर (अपेक्षित १.०० बर्गमिटर)
१०. निरन्तर शिक्षा तह १ को समयावधि कति तोकिएको छ?- ४ महिना
११. रेडियो शिक्षा शिक्षक तालीम आयोजनाको प्रारम्भ कहिले देखि भएको हो?- वि.स २०३७
१२. प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषदको दुर दृष्टि के हो?- “सिपयुक्त नेपाल, समृद्ध जनता”
१३. समाहित शिक्षाको अवधारणा कुन सम्मेलनले अगाडि सारेको हो?- सालामाङ्का सम्मेलनले
१४. आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार एकीकृत बिधालयको संख्या कति रहेको छ?- २३ वटा
१५. दिगो विकास लक्ष्य न ४ मा के ब्यवस्था गरिएको छ?- शिक्षा सम्बन्धि
१६. प्रत्येक बालबालिकाको शैक्षिक अधिकारको प्राप्तिका लागि समतामुलक पहुँच भएको शिक्षा…….हो।- समावेशी
१७. महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धी कहिले पारित भएको हो?- सन १९७९, डिसेम्बर १८
१८. वि.स २०२७ सालमा महिलालाई शिक्षामा समान पहुँच बढाउने योजना कसको सहयोगमा संचालन भएको हो?- युनिसेफ उक्त योजना पोखरामा २०२८ मा भएको थियो ।
१९. नेपालमा हाल कतिवटा मातृभाषाहरु रहेका छन?- १३१ वटा(स्मरण रहोस: २०६८ जनगणना अनुसार १२३, राष्ट्रिय भाषा आयोगले २०७५ मा ६ वटा र २०७७ मा २ वटा थप गरिए सङै)
२०. सिकाइ आदत,ज्ञान र प्रवृत्तिहरुको प्राप्ति हो ।यो भनाइ कस्को हो?- Crow and Crow
२१. S -R Theory भनेर कुनलाई चिनिन्छ?- सम्बन्ध पर्त्यावर्तन
२२. कुनैपनी प्राणिमा क्रियाकलाप गर्नको लागि जागरण गराउने तत्वलाई के भनिन्छ?- प्रेरक
२३. कुनै ब्यक्तिलाई काम गर्नका लागि अन्तरहृदयबाट मनमा जोश बढाइदिने, काम गर्ने इच्छा जगाउने प्रक्रियालाई के भनिन्छ?- प्रेरणा
२४. प्रेरणा जन्मजात र आर्जित गरि २ प्रकारका हुन्छन् भनी वर्गीकरण गर्ने ब्यक्ति को हुन?- मास्लो
२५. Wood worth का अनुसार स्मृतिको तत्वहरु कतिवटा छन?- ४ वटा( स्थापना, धारणा, प्रत्याहवान,पहिचान)
२६. बिस्मरण सम्बन्धि दमनको सिदान्तका प्रतिपादक को हुन?- सिग्मण्ड फ्रायड
२७. सिकाइ स्थानान्तरणका सिद्धान्त हरु कति छन?- ४ वटा
२८. बिधालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भुमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ ?- प्रधानाध्यापक
२९. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल बिधार्थीको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?- ६ वटा
३०. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको हो?- वि.स २०७६ भाद्र २० गते
सामाजिक सञ्जाल तिर

