- Loading...
TSC: लाइसेन्स तयारीको लागि महत्त्वपूर्ण २५ प्रश्नोत्तर
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १२४ पटक पढिएको

१. शिक्षा ऐन २०२८ को आठौं संसोधनले ग्रामीण शिक्षा विकास कोषको नाम परिवर्तन गरि के नाम दिएको छ?- शिक्षा विकास कोष
२. शिक्षा नियमावली २०५९ अनुसार कुनै बिधालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र हुनुभन्दा कति समय अगाडि कहाँ निवेदन दिनुपर्छ?- कम्तीमा २ महिना अगाडि जि.शि.अ समक्ष
३. Flash Reporting System को सुरुवात कहिले देखि गरिएको हो?- सन २००४ मा सबैको लागि शिक्षा कार्यक्रम (२००४-२००९)लागू भएपछी
४. शिक्षक सक्षमता प्रारुप अनुसार कतिवटा सक्षमताहरु शिक्षकले हासिल गर्नुपर्ने हुन्छ?- ८ वटा
५. राष्ट्रिय शिक्षा पद्धति योजना अनुसार प्राथमिक तहको अन्तमा कस्तो परीक्षा हुने उल्लेख गरिएको छ?- जिल्लास्तरीय
६. प्राथमिक बिधालयको ब्यवस्थापन अलग्गै हुनुपर्ने सुझाव कुन दस्तावेजले दिएको हो?- राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन,२०४९
७. बिधालय सुधार योजना कति समयको लागि निर्माण गरिन्छ?- ५ बर्ष
८. गाउँ शिक्षा योजना निर्माण गरि कार्यान्वयन गर्ने प्रावधान शिक्षा ऐनको कतिऔ सन्सोधनले गरेको हो?- सातौं
९. बिधालय क्षेत्र विकास कार्यक्रम (२०७३-२०८०) मा प्रारम्भिक बाल शिक्षाको उपलब्धि मापन गर्न कतिवटा सूचकको ब्यवस्था गरिएको छ?- ४ वटा
१०. दिगो विकासको लक्ष्यमा प्राथमिक शिक्षाको खुद भर्नादर कति पुर्याउने लक्ष्य राखिएको छ?- १०० प्रतिशत
११. बालमैत्री विधालय राष्ट्रिय प्रारुप २०६७/०८/१७ कुन पक्ष सङ सम्बन्धित छ?- गुणस्तरीय शिक्षा
१२. वि.स २०३० (सन१९७४)मा हङ्कङमा स्थापना भएको एसएलसी परीक्षा केन्द्र कहिले बन्द भयो ?- वि.स २०५२
१३. समुह उमेरको अवस्था भन्नाले कुन अवस्थालाई बुझिन्छ?- उत्तरबाल्यावस्था
१४. मुर्त अवस्थाबाट सुरु गरि अमुर्त अवस्थातिर जानू तथा बिशिष्ट अवस्थाबाट साधारण अवस्थातिर जानू …….हो।- आगमन विधि
१५. परम्परागत शिक्षा प्रणालीको प्रतिनिधित्व गर्ने शिक्षा कुन हो?- धार्मिक शिक्षा
१६. Four Pillars Of Education कस्ले ल्याएको अवधारणा हो?- युनेस्को
१७. माध्यमिक शिक्षा पाठ्यक्रमले कति घन्टाको समयावधीलाई एक पाठ्यघण्टा निर्धारण गरेको छ?- ३२ घन्टा
१८. Flash -I कहिले भरिन्छ?- जेठ ७
१९. नेपालको सामुदायिक विधालयमा कक्षा १ मा अङ्ग्रेजी बिषय अनिवार्य कहिले देखि भएको थियो ?- वि.स २०६०
२०. प्रश्नावली फाराम कुन प्रयोजनको लागि प्रयोग गरिन्छ?- तथ्यांक संकलन
२१. वि.स २००७ सालसम्म प्रावी,मावी र उच्च तह कति थिए ? ३२१,११,१
२२. खुद भर्नादरले केलाई जनाउँछ?- निश्चित उमेर समुहको भर्नादर
२३. दुईपासे भन्नाले के बुझिन्छ?- लेखा र श्रेस्ता
२४. नेपालमा SLC परीक्षा एक बर्षमा दुइपटक कुन सालमा संचालन भएको थियो ?- वि.स २००७
२५. शिक्षकहरुलाई तालिम दिने उद्देश्यले वि.स २०११ मा केको स्थापना गरियो?- राष्ट्रिय शिक्षक शिक्षण केन्द्र
सामाजिक सञ्जाल तिर

