FLASH NEWS
  • Loading...

माध्यमिक तह लाइसेन्स तयारी विशेष

Post Thumbnail

१. कुनै पनि कार्यक्रमको लक्ष्य, उद्देश्य वा उपलब्धि पूरा भयो वा भएन भनी जाँचबुझ, छानविन, लेखाजोखा गर्ने प्रक्रियालाई के भनिन्छ?- मुल्यांकन
२. कुन प्रकारको प्रश्नमा ५०% उत्तर अन्दाजको भरमा मिलाउने सम्भावना हुन्छ?ठिकबेठिक प्रश्न
३. वस्तुगत प्रश्नका प्रकारहरु मध्ये सबैभन्दा कमजोर प्रश्न कुनलाई मानिन्छ?ठिकबेठीक प्रश्न
४. वस्तुगत प्रश्नका प्रकार मध्ये सबैभन्दा प्रचलित र विश्वसनीय प्रश्न कुन हो?- बहुबैकल्पिक
. Supply Type Ouestion भन्नाले कुन प्रकारको प्रश्नलाई जनाउँछ?- खाली ठाँउ भर्ने प्रश्न
६. निबन्धात्मक प्रश्नमा हुने कमजोरी हटाउन प्रयोग गरिने विषयगत प्रश्न कुन हो?छोटो प्रश्न
७. निबन्धात्मक प्रश्न र वस्तुगत प्रश्नका दुबै गुण भएको प्रश्न कुन हो?- छोटो प्रश्न
८. शिक्षण सिकाइमा स्लाइड,चित्र,भिडियो प्रदर्शन गरि सहजीकरण गर्न सहयोग गर्ने अफिस प्याकेज कुन हो?Presentation Software
९. विधालयको तथ्यांक ब्यवस्थापन गर्न उपयोग गरिने IEMIS को पूरा रुप के हो?- Integrated Educational Management Information System
१०. गणितिय समस्या सजिलै समाधान गर्न र प्रदर्शन गरि देखाउन कुन अफिस प्याकेज प्रयोग गरिन्छ?- Spread Sheet
११. विधालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक बनाउने काममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई सहयोग गर्ने संस्था कुन हो?-OLE Nepal
१२. नेपालमा सूचना तथा सञ्चार प्रविधि निति कहिले आएको हो?- वि.स २०७२
१३. हाल विश्वमा अनलाइन कोर्षलाई व्यापक रुपमा प्रयोग गर्न कुन शिक्षा पद्धतिले सहयोग गरेको छ?दुर शिक्षा तथा खुला शिक्षा
१४. विधालयमा विधार्थीलाई गराउने परियोजना तथा क्षेत्रभ्रमण कार्यको प्रतिवेदन तयार गर्न लगाउँदा कुन अफिस प्याकेजको प्रयोग गरिन्छ?- वर्ड प्रोसेसर
१५. शिक्षासङ सम्बन्धित सबै किसिमका तथ्यांक तथा सूचना ब्यवस्तित गर्ने प्रक्रियाको रुपमा हाल नेपालका कुन प्रणालीको प्रयोग गरिएको छ?- IEMIS
१६. शैक्षिक तथ्यांकको संकलन पश्चात् कुन कार्य गरिन्छ?- तथ्यांक प्रसोधन
१७. शैक्षिक तथ्यांक सम्बन्धि कार्य गर्ने केन्द्रिय निकाय कुन हो?- शिक्षा तथा मानव स्रोत विकास केन्द्र
१८. नेपालमा कुन कार्यक्रम लागु भएपछि Flash Reporting System अबलम्बन गरिएको हो?-सबैका लागि शिक्षा
१९. आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार कक्षा १-५ को खुद भर्नादर कति पुगेको छ?- ९७.४%
२०. विधालयको लगानी सूचक प्रत्येक बर्ष कुन मितिमा भर्ने प्रचलन छ?- जेठ ७ गते

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ जेष्ठ ६, शुक्रबार