- Loading...
एकपटक अवस्य हेर्नुहोस: निमावि लाइसेन्सको लागि महत्त्वपूर्ण प्रश्नोत्तर संग्रह
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- ११० पटक पढिएको

१. विधालय तहको विधमान पाठ्यक्रमले माध्यमिक शिक्षालाई कुन रुपमा उल्लेख गरेको छ?- कक्षा ९-१२ सम्म दिइने शिक्षा
सामाजिक सञ्जाल तिर
२. अनौपचारिक मुल्यांकनको साधन प्रयोग गर्ने मुल्यांकन कुन हो?-निर्माणात्मक
३. ICT को पूरा रुप – Information Communication Technology
४. Apple Company द्वारा निर्माण गरिएका Computers कुन ब्राण्ड अन्तर्गत पर्दछन?-Apple Macintosh
५. “वास्तविक रुपमा शैक्षिक उद्देश्यलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया नै मुल्यांकन हो ” यो भनाइ कस्को हो?- Taylor
६. कुनैपनि प्रक्रियाको मूल्य निर्धारण गर्ने प्रक्रियालाइ मुल्यांकन भनिन्छ। यो भनाइ कस्को हो?- Good को Dictionary of Education
७. कुन कुन सिकाइ सिद्धान्तमा अपेक्षित ब्यवहार निर्माण गराउन अभ्यास जरुर हुन्छ ?- शास्त्रीय सम्बन्ध, क्रियापरक, प्रयत्न र भूल
८. मुल्यांकनको अवधारणा चिनबाट विकास भएको हो भने यसको आधुनिक विकास कहाँ बाट भयो ?- पश्चिमी देशबाट
९. मुल्यांकनलाई निर्माणात्मक र निर्णयात्मक गरि २ भागमा बाड्ने ब्यक्ति को हुन? स्काइबेन सन १९८७ मा
१०. कुन मुल्यांकनलाई सूधारात्मक वा रचनात्मक मुल्यांकनको रूपमा लिइन्छ?- निर्माणात्मक मुल्यांकन
११.” Direct feedback into on going program is called formative evaluation ” whose statement is this?- Antes
१२. विधार्थीका कठिनाई पता लगाई सूधारात्मक र उपचारात्मक कार्यको मार्ग निर्धारण गर्नु कुन मुल्यांकनको उद्देश्य हो?-निदानात्मक
१३.अन्तिम निर्णय दिने, उपलब्धिको स्तर, वा श्रेणी निर्धारण गर्नु, प्रमाणपत्र प्रदान गर्नु कुन मुल्यांकन हो?- निर्णयात्मक
१४. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३ अनुसार शिक्षाको राष्ट्रिय उदेश्य कति थिए ?- १२ वटा(२०७६ अनुसार – १२ वटा)
१५. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३ अनुसार बालविकास शिक्षा कक्षाका सक्षमता कति थिए ?- ५ वटा (२०७६ अनुसार -६ वटा)
१६. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०६३(२०७१ परिमार्जित) अनुसार आधारभूत शिक्षा (१-८) का सक्षमता – ८ वटा
– आधारभूत तह पहिलो चरण (१-३) को पाठ्यभार -३४
@ दोश्रो चरण (४-५)- ३९
@ तेस्रो चरण (६-८) -४० (पुर्णाङ्क- ८००)
@कक्षा (१-५)को पुर्णाङ्क -५००
@माध्यमिक तह (९-१२)लाई २ धारमा विभाजन (साधारण र संस्कृत )
@कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुने
@ मावी (९-१०) को पाठ्यभार -४० (पुर्णाङ्क- ८००)
@ कक्षा (११-१२) को पाठ्यभार – ३४ (पुर्णाङ्क- ६५०)
१७. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ अनुसार
शिक्षाको राष्ट्रिय उदेश्य -१२ वटा
@ बालविकासका सक्षमता -६ वटा
@ आधारभूत तह(१-८) का सक्षमता – १२ वटा
@ आधारभूत तह (६-८) का सक्षमता- १३ वटा
@ माध्यमिक तह कक्षा (९-१२) का सक्षमता -१५ वटा
@ आधारभूत तह (१-३) पहिलो चरण पाठ्यघन्टा -२६
बार्षिक कार्यघन्टा- ८३२
@ आधारभूत तह दोश्रो चरण (४-५) को पाठ्यघन्टा -३२ (कार्यघन्टा- १०२४)
@ कक्षा ४-१० सम्म पाठ्यघन्टा -३२ कार्यघन्टा -१०२४
@कक्षा (११-१२) मा पाठयघन्टा २७, बार्षिक कार्यघन्टा -८६४(थप ऐच्छिकको लागी – ५ पाठ्यघन्टा
@ माध्यमिक शिक्षालाई ३ धारमा विभाजन – साधारण, परम्परागत, प्राविधिक तथा ब्यवसायीक
@ कक्षा १० को परीक्षा प्रदेशस्तरीय हुने (प्रमाणिकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने)
@ विधालय सन्चालन हुने दिन-२०५
@ शिक्षकको भुमिका – उत्प्रेरक,प्रवर्धक,खोजकर्ता हुनुपर्ने ।
@ शिक्षाको संरचना – ८+४
१८. शिक्षा ऐन, २०२८ अनुसार माध्यमिक शिक्षाको प्रकार- ३ (साधारण, संस्कृत, प्राविधिक तथा ब्यवसायीक)
१९. शिक्षा ऐनको आठौं संसोधन २०७३/०३/१५ अनुसार विधालय शिक्षाको संरचना- ९+४
२०. शिक्षाको इस्तिहार, १९९६ अनुसार विधालय शिक्षाको संरचना –३+४+३

