FLASH NEWS
  • Loading...

शिक्षक विदेशिएपछि विव्यस अध्यक्ष आफैं पढाँउदै

  • शिक्षापाटि
  • समाचार
  • ५९१ पटक पढिएको
शिक्षक विदेशिएपछि विव्यस अध्यक्ष आफैं पढाँउदै

माेरङ : मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई पढाउन थाल्नुभएको छ ।

सामाजिक सञ्जाल तिर

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पढाइमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँले पढाउन थालेको अध्यक्ष गोविन्द भण्डारी बताउनुहुन्छ । अध्यक्ष भण्डारी यही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापकसमेत हुनुहुन्थ्यो ।

शिक्षक भूपराज अधिकारीसँगै उहाँकी श्रीमती भारती पनि बेलबारी–३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक हुनुहुन्थ्यो । उहाँले पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमानसँगै वैदेशिक रोजगारीमा जानुभएको छ ।

लामो समय यही विद्यालयमा अध्यापन गराउनुभएका भण्डारी सेवा निवृत भएपछि यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमले स्थानीय पालिका तथा विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति: २०८० मंसिर १०, आईतबार