FLASH NEWS
  • Loading...

रातो बङ्ला र काठमाडौं वर्ल्डलाई सरकारको स्पष्टीकरण काठमाडौं : रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड

रातो बङ्ला र काठमाडौं वर्ल्डलाई सरकारको स्पष्टीकरण  काठमाडौं : रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड

काठमाडौं : रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको अनुमति विना विदेशी पाठ्यक्रम पठनपाठन गर्दै आएको विषयमा स्पष्टीकरण सोधिएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए ।

सामाजिक सञ्जाल तिर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अनुमतिविना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् । उनको निर्देशनको आधारमा केन्द्रले मन्त्रालयले अनुमति नलिई शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै जवाफ दिन भनेको हो ।

शिक्षा मन्त्रालयले यसअघि अनुमतिविना विदेशी कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयमा विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको थियो । मन्त्रालयले अनुमति लिएका र अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयको विवरणसमेत सार्वजनिक गरेको थियो । विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले त्यस्ता विद्यालयमा तत्काल अनुगमन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएकी थिइन् ।

त्यस्ता विद्यालयले विना अनुमति विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग मासिक ५० हजारभन्दा बढी शुल्क असुल गर्दै आएको पाइएको थियो । मन्त्रालयले २०८० चैत २३ गते एउटा सूचना जारी गरेर अभिभावकलाई यस्ता विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना नगर्न आग्रह गरेको थियो ।

शिक्षा मन्त्रालयको अनुमतिविना ए–लेभल, इन्टरनेशनल ब्याकलरियट (आईबी), सीबीएसई लगायतका विदेशी शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएको पाइएको छ ।

प्रकाशित मिति: २०८१ बैशाख २६, बुधबार