FLASH NEWS
  • Loading...

शिक्षकलाई मासिक खाजा खर्च उपलब्ध गराउन प्रस्ताव

शिक्षकलाई मासिक खाजा खर्च उपलब्ध गराउन प्रस्ताव

काठमाडौं – सत्ताधारी मुख्य दल नेकपा एमाले सांसद प्रतिक्षा तिवारीले शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब बाहेक मासिक खाजा खर्च दिने व्यवस्था गर्न प्रस्ताव गरेकी छन् । विद्यालय शिक्षा विधेयक माथि संसदीय समितिमा बुधबार भएको छलफलमा उनले महिनाको दुई हजार रुपैंया शिक्षकलाई खाजा खर्च दिने कानूनी व्यवस्था विधेयकमा समेट्न प्रस्ताव गरेकी हुन् ।

सामाजिक सञ्जाल तिर

विद्यालय शिक्षा विधेयकमा संशोधन हालेकी उनलाई समितिले छलफलका लागि बोलाएको थियो ।

‘शिक्षकको तलब भत्ता न्यून छ । त्यसैले सरकारले मासिक दुई हजार खाजा खर्च दिन सक्यो भने गुणस्तर सुधार हुन सक्छ,’उनले भनिन् ‘यसले गर्दा शिक्षकहरु विद्यार्थीसंग नजिक हुन सहयोग पुर्याउँछ ।’

त्यस्तै प्रधानाध्यापकको भत्ता पनि तलबको १५ प्रतिशत हुनु पर्ने उनको प्रस्ताव छ । अहिले सरकारले ५ सय रुपैयाँ उपलब्ध गराएको भत्ता टेलिफोन खर्च पनि नपुग्ने उनले बताइन् । त्यस्तै आन्तरिक प्रतिस्पर्धामा अनुत्तिर्ण हुने राहत शिक्षकहरुलाई निजले गरेको सेवा अवधिको आकारमा आर्थिक सुविधा दिने व्यवस्था विधेयकमा राख्नु पर्ने उनको प्रस्ताव छ ।

उनले भनिन ‘कुल दरबन्दीको शत प्रतिशत सिटमा यो ऐन प्रारम्भ हुँदाका बखत राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिष्पर्धाबाट पदपूर्ति गर्नु पर्छ ।’

राहत अनुदान कोटाको शिक्षक स्थायी भएकोमा त्यस्तो अस्थायी, करार वा राहत अनुदान कोटामा अविच्छिन्न सेवा गरेको अवधिको सतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्नु पर्ने उनले बताइन ।

प्रकाशित मिति: २०८१ श्रावण २, बुधबार