FLASH NEWS
  • Loading...

रामेछापमा विद्यालयको नवनिर्मित भवन उद्घाटन

  • शिक्षापाटि
  • समाचार
  • २२५ पटक पढिएको
रामेछापमा विद्यालयको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ : रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ स्थित खनियापानीमा जलदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले भवन उद्घाटन गरेका हुन् ।

सामाजिक सञ्जाल तिर

एसियाली विकाश बैंकको सहयोगमा निर्माण सम्पन्न भएको अत्याधुनिक भवनमा १२ कोठा छन् । शुक्रवार आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले आधुनिक भवन जलदेवी माविको भौतिक पूर्वाधार विकासमा कोसेढुंगा सावित हुने बताए ।

गुणस्तरीय शिक्षाका लागि विद्यालयमा आवश्यक थप पूर्वाधार विकासमा गाउँपालिकाले योजनाबद्ध सहयोग गर्ने उनले बताए । तामाङले भने, ‘गुणस्तरीय शिक्षाका लागी यस स्कुलमा आवश्यक शिक्षक दरबन्दी र भौतिक निर्माणमा गाउँपालिकाको तर्फबाट योजना बनाएर नै काम गर्नेछौँ ।’

कार्यक्रममा नेपाली कांग्रेस सुनापति गाउँ इकाई समितिका सभापति जनक खड्काले ठुलो प्रयास र सङ्घर्षपछि विद्यालयले अत्याधुनिक भवन प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘भवनको योजना ल्याउन र जग्गा प्राप्तिका लागी हामीले धेरै सङ्घर्ष गर्नुपरेको छ ।’

भवन निर्माणमा आवश्यक ३ रोपनी जग्गा खनियापानी स्थायी घर भएका न्याय परिषद्का सदस्य राम प्रसाद भण्डारी, विनोद खड्का, जनक भण्डारी, सिताराम भण्डारी, जनक खड्का, भुवन कुमार खड्का, इन्जिनियर सुमन खड्का सहित ९ जनाले ६ लाख ५१ हजारमा खरिद गरिदिएका हुन । विद्यालयको तर्फबाट जग्गा दाताहरूलाई सम्मान गरिएको छ ।

भवन निर्माण भएको लामो समय हुँदा पनि विविध कारणले उद्घाटन कार्यक्रम ढिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम खड्काले बताए । उनले भने, ‘गत वर्ष नै गर्नुपर्ने उद्घाटन विविध कारणले ढिला भएको छ, अनेक अवरोधका बाबजुद हामी भवन उद्घाटन गर्न सफल भएका छौँ ।’ रातोपाटिबाट

प्रकाशित मिति: २०८१ भाद्र ३१, सोमबार