- Loading...
रामेछापको मन्थलीमा गणित शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
६ असोज, रामेछाप । मन्थली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गणित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। मन्थली नगरपालिकाका मेयर श्री लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्थली नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट ३० वटा विद्यालयका आधारभूत तह (कक्षा ६-८) विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सामाजिक सञ्जाल तिर
आइतबार श्री नागकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनीमा करिब ११२ जना विद्यार्थीले भाग लिएका थिए । प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म चलेको थियो।
सो प्रदर्शनीमा मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठ, उपमेयर ईश्वरी बस्नेत , नि.प्रमुख प्रशासकीय अधिकृत हेमन्तकुमार बुढाथोकी र सामाजिक विकास समितिका संयोजक गोपाल श्रेष्ठ र सहभागी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू तथा अन्य सरोकारवालाहरूले अवलोकन गरेका थिए। गणित शैक्षिक सामग्री प्रदर्शनीमा गणित विषयका ६ वटा विषय क्षेत्रसँग सम्बन्धित, कम मूल्य पर्ने, स्थानीय स्तरमा उपलब्ध सामग्रीहरूको प्रयोग तथा निर्माण गरि सामग्रीहरू प्रदर्शन गरिएको थियो। प्रदर्शनीको मूल्यांकनसमेत गरिएको थियो, जसमा क्रमशः प्रथम, दोस्रो, तेस्रो, र सान्त्वना हुने विद्यालयहरू तामाकोशी अङ्ग्रेजी आवासीय विद्यालय, मन्थली माध्यमिक विद्यालय, लिट्टिल स्टार इङ्ग्लिस स्कूल शारदा माध्यमिक विद्यालय गेलु रहेका थिए।
विद्यार्थीहरूको आन्तरिक क्षमता प्रस्फुटन गराएर सिकाइलाई प्रभावकारी र दिगो बनाउनका लागि यो प्रदर्शनी कार्यक्रम गरिएको हो। साथै भावी दिनहरूमा पनि कठिन रुपमा मानिदै आएको गणित विषयको सिकाइ उपलब्धि वृद्दि गराउने तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अन्य शैक्षिक कार्यक्रम सञ्चालन गरिने शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विष्णु बहादुर अधिकारीले जानकारी दिनुभयो ।