- Loading...
अध्यक्ष तामाङको नेतृत्वमा अवरुद्ध सुनापती र तेमाल जोड्ने सडक सुचारु
- शिक्षापाटि
- समाचार
- २२१ पटक पढिएको
१८ असोज २०८१, काठमाडौँ।-रामेछाप (सुनापति गाउँपालिका) र काभ्रे (तेमाल गाउँपालिका) जोड्ने सिन्दुरेटारको पुलबाट सवारी साधन आवतजावत गर्नकोलागि सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङको नेतृत्वमा पालिकाको स्काभेटर लगेर अहिले सिन्दुरेटारको पुलबाट मेच्छे पौवा डाँडाँतर्फ सडक सफा भैरहेको छ भने तेमाल गाउँपालिकाका उपाध्यक्ष सालमान थोक्करको नेतृत्वमा मेच्छे पौवा डाँडाँबाट पुलतर्फ सडक सफा भईरहेको छ। सम्भव भएसम्म आज रातभरि नै सडक सफा गर्ने गरि काम भईरहेको सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले बताएका छन।
सामाजिक सञ्जाल तिर
सडक सफा भएपछी सुनापति गाउँपालिका लगायत रामेछापको अन्य भूभागमा पुग्न सहज हुनेछ साथै बीपी राजमार्गको बैकल्पिक सडकको रुपमा काठमाण्डौ,भकुण्डेबेसी,तेमाल हुदै सिन्दुरेटारको यो पुल निस्किएर मध्य पहाडी लोकमार्गहुदै सित्खाको पुल निस्किएर तराईको यात्रा समेत गर्न सकिन्छ।असोज १९ गते सम्ममा यो सडक खण्ड संचालनमा ल्याईसक्ने गरि तेमाल गाउँपालिका वडा न ९ का वडा अध्यक्ष चन्द्र दोङसहितको सहकार्यमा सडक सफा गर्ने कार्य भईरहेको अध्यक्ष ठूलो कान्छा तामाङले बताएका छन।
गत असोज ११ र १२ गतेको भारि वर्षाका कारण रोशी खोलामा आएको बाढीले काभ्रेको बिभिन्न ठाउँमा सडक अबरुद्द हुनुको साथै खैरेनीको पुल बगाएपछि यो सडक खण्डलाई बैकल्पिक सडकको रुपमा संचालनमा ल्याउन खोजिएको हो।