FLASH NEWS
  • Loading...

शिक्षा मन्त्रीमा रघुजी पन्त सिफारिस

पन्तले बिहिवार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
शिक्षा मन्त्रीमा रघुजी पन्त सिफारिस

काठमाडौं : विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजिनामा दिएपछि रिक्त भएको मन्त्री पदमा नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका अर्का सांसद रघुजी पन्तलाई राष्ट्रपति समक्ष सिफारिस गरेका छन ।
नवनियुक्त शिक्षामन्त्री पन्तको भोलि पद तथा गोपनियताको सपथ ग्रहण हुने जनाइएको छ । ओलीले उर्जा राज्यमन्त्री पुर्णबहादुर तामाङ (कान्छा राम) लाई आफ्नो आलोचना गरेको भन्दै बर्खास्त गरेका छन ।
शिक्षक आन्दोलन चर्किदै गएपछि शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक नदेखिएपछी स्वास्थको समस्या देखाएर मन्त्री भट्टराईले पदबाट राजिनामा दिएकी हुन । नवनियुक्त मन्त्री पन्तलाइ पनि काम गर्न भने तेति सजिलो छैन ।

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार