FLASH NEWS
- Loading...
शिक्षकले आन्दोलन सँगै सडकमै गरे रक्तदान
शिक्षक आन्दोलन २३ औं दिनमा, सडकमै रक्तदान गरेर शिक्षकहरुले
- चन्द्र बुढाथोकी
- विद्यालय गतिविधि
- ७५ पटक पढिएको

सामाजिक सञ्जाल तिर
काठमाडौं : नेपाल शिक्षक महासंघको आव्हानमा जारी शिक्षक आन्दोलनमा आज (बिहीवार ) शिक्षकहरुले सडकमै रक्तदान गरेका छन ।

रक्तदान गर्दै शिक्षक
शिक्षा ऐनको माग गर्दै गत चैत २० गतेदेखि सन्चालन भएको आन्दोलन आज २३ औं दिनमा प्रवेश गरेको छ ।
आन्दोलनलाई अनुशासित, रचनात्मक तथा सभ्य ढंगले प्रदर्शन गर्दै आएका शिक्षकहरूले आन्दोकै समयमा रक्तदान गरेका हुन । यसले आन्दोलन थप रचनात्मक भएको र रगत अभावका विरामिलाइ ठुलो सहयोग गर्ने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले बताए ।

आन्दोलन स्थलमा रक्तदान कार्यक्रम हुँदै
“कि जितिन्छ कि बितिन्छ” भन्ने उद्घोषका साथ सडक आन्दोलनमा आएका शिक्षक शिक्षा ऐन लिएर मात्र विद्यालय फर्किने अध्यक्ष सुबेदीले जानकारी गराएका छन ।
प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिबार

प्रतिक्रिया दिनुहोस
