- Loading...
शिक्षक अध्यापन अनुमतिपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १४६ पटक पढिएको

शिक्षक लाइसेन्स तयारी सामग्री १. जान्न, गर्न, बन्न र सङसङै जिउनको लागि सिकाइ भनी गुणस्तरीय शिक्षालाई चार खम्बाको रुपमा परिभाषित कसले गरेको हो?- युनेस्को
२. गुणस्तरीय शिक्षाको सन्दर्भमा विधालय अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रक्रियालाई बिकेन्द्रीत गरि विधालय र स्थानीय तहबाट प्राविधिक सहायता प्रदान गर्ने निति कुन दस्तावेजमा उल्लेख गरिएको छ?- राष्ट्रिय शिक्षा निति
३. विधालय स्तरको शैक्षिक गुणस्तरको परीक्षण गर्ने निकाय कुन हो?- शैक्षिक गुणस्तर परीक्षण केन्द्र
४. शिक्षाको गुणस्तर कायम गर्ने सन्दर्भमा शिक्षक अभिभावक संघको गठन कसले गर्दछ?- बिधालय ब्यवस्थापन समिति
५. आर्थिक बर्ष २०७६/२०७७ मा कति बिधालयको कार्यसम्पादन परीक्षण गरिएको थियो?- ८९५
६. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल विधार्थिको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?- ६ तह
७. सुशासनका चार खम्बा केके हुन?- पारदर्शिता, उत्तरदायीत्व, सहभागीता, भविष्यपरकता
८. नेपालको शैक्षिक इतिहासमा शैक्षिक सुशासन कायम गर्ने पहिलो कानुनी दस्तावेज कुन हो?- शिक्षाको इस्तिहार ,१९९६
९. नेपालमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र कहिले देखि कार्यान्वयनमा आएको हो?- वि.स २०७०
१०. अभिलेख ब्यवस्थापनको चक्रमा प्रयोग गरिने CARD को पूरा रुप के हो?- Creation, Administration, Retension, And Disposal
११. नेता जन्मन्छ तर बनाइदैनन भन्ने भनाइ कुन सिधाान्त सङ सम्बन्धित छ?- गुणमुलक
१२. गुणमुलक नेतृत्व सिद्धान्तका प्रतिपादक को हुन?- चेस्टर बर्नाड
१३. शिक्षकको लागि कार्यमैत्री वातावरण र बिद्यार्थीका लागि उपयुक्त सिकाइ वातावरण सिर्जना गर्ने कुन नेतृत्वको विशेषता हो?- शैक्षणिक नेतृत्व
१४. “मानवजातिको सम्पुर्ण ज्ञान र अनुभवको उच्चतम बिन्दु नै पाठ्यक्रम हो ” यो भनाइ कस्को हो?- फ्रोबेल
१५. Curriculum शब्दको प्रयोग कुन शताब्दीमा भएको हो?- १९ औ शताब्दी
१६. प्रशिद्द शिक्षाविद हिल्डा टावाका अनुसार पाठ्यक्रमका तत्व कति वटा छन?- ५ वटा
१७. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको हो?- वि.स २०७६ भाद्र २०
१८.राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ तयार पार्दा कतिवटा विषयगत क्षेत्रगत समूह गठन भइ प्रारम्भिक मस्यौदा गरिएको थियो ?- ७ वटा
१९. “कुनैपनी प्रक्रियाको मूल्य निर्धारण गर्ने प्रक्रियालाई मुल्यांकन भनिन्छ।” यो भनाइ कस्को हो?- Dictionary of Good
२०.” पाठ्यक्रम सिकाइको एक योजना हो ” यो भनाइ कस्को हो?- हिल्डा टावा
२१. सम्पती तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ, भनी कुन मौलिक हकमा उल्लेख छ?- महिलाको हक
२२. “शिक्षा जीवन हो, जीवनको तयारी होईन ” यो भनाइ कस्को हो?- जोन डिवे
२३. S.L.C लाई कहिले SEE मा रुपान्तरण गरियो?- वि.स २०७३
२४. खेल उमेर भन्नाले कुन अवस्थालाई भनिन्छ?- पुर्वबाल्यावस्था
२५. खेलौनाको उमेर भन्नाले कुन अवस्थालाई बुझिन्छ?- उत्तरबाल्यावस्था
२६. प्रत्येक ब्यक्तिलाई निज बिरुद्द गरिएको कारबाहिको जानकारी पाउने हक हुनेछ ।योकुन मौलिक हक अन्तर्गत पर्दछ?- न्याय सम्बन्धि हक
२७. अब्राहम मास्लोको अनुसार उत्प्रेरणाको सबैभन्दा माथिल्लो तह के हो?- आत्मसन्तुष्टि
२८. नंया अक्षराङ्कन पद्धति २०७८ पहिलो संशोधन कहिले भयो ?- वि.स २०७८/११/१८
२९. Wood Worth का अनुसार स्मृतिका तत्वहरु केके हुन?- स्थापना ,धारणा, पुन स्मरण , पहिचान
३०. पुर्व बयसन्धीको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ?- उत्तरबाल्यावस्था
३१. प्रेरणा सम्बन्धि Z सिद्धान्तका प्रतिपादक को हुन?- आउची
३२. कक्षा ४ र ५ मा निशुल्क पाठपुस्तक बितरण गर्ने ब्यवस्थाको थालनी कहिलेबाट भयो?- वि.स २०४४
३३. दरबार हाइस्कुललाई भानु मावी नामाकरण कहिले गरियो?- वि.स २०३५
३४. शिक्षा ऐनको ९ औ संशोधन कहिले भएको हो?- वि.२०७४/०७/०६
३५. परियोजना विधि सर्वप्रथम कसले प्रतिपादन गरेको हो?- Wiiliam. H.Killpatric
सामाजिक सञ्जाल तिर

