- Loading...
रामेछापमा गणित शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण तालीम

- शिक्षापाटि स्थानीय
- ९६६ पटक पढिएको
मन्थली : शिक्षा विकास तथा समन्वय इकाई रामेछापले माघ १८ गते र १९ गते माध्यमिक तहका गणित शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण तालिम दिएको छ ।
सामाजिक सञ्जाल तिर

तालिममा गोकुकगंगा गाउँपालिका र खाडादेदेवी गाउँपालिकामा माध्यमिक तहमा कार्यरत गणित शिक्षकहरूलाई सहभागी गराइएको थियो ।
प्रशिक्षकको रुपमा मन्थली माविका गणित शिक्षक सुरेन्द्र केसी थिए भने उनले परिवर्तित पाठ्यक्रम अनुसार प्रश्न निर्माण, शिक्षण गर्ने तरिका, शैक्षिक सामग्री निर्माण तथा विद्यार्थीको मुल्यांकन गर्ने लगायतका सन्दर्भमा प्रबोधिकरण प्रशिक्षण गरेका थिए ।

दुई दिन सन्चालन भएको प्रबोधिकरण तालिमको समापन गर्दै इकाई प्रमुख नेत्र गजुरेलले गत वर्ष एसइइ मा रामेछापबाट ९३ प्रतिशत विद्यार्थी सफल भएका र यो वर्ष सत प्रतिसत सफल गराउने गराउने लक्ष्य रहेको र सोही लक्ष्यलाई सहायता दिलाउछ भन्ने आशाको साथ पाठ्यक्रम प्रबोधिकरण तालिम सन्चाल गरेको बताए ।

तालिममा सहभागी शिक्षकहरुले यो प्रबोधिकरण तालिम प्रभावकारी भएको र आफुहरुले धेरै कुरा सिक्ने मौका पाएको प्रतिक्रिया जनाएका थिए ।












