FLASH NEWS
  • Loading...

महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त, मन्त्रालयमै बस्ने घोषणा

महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त, मन्त्रालयमै बस्ने घोषणा

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारअन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। उनले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएर सोही दिन पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीले तत्कालको प्राथमिकता बारे सोध्दा मन्त्री पुनले अहिलेसम्म कुनै निर्णय नभएको र विज्ञहरूसँग सुझाव लिएपछि मात्र कार्यनीति तय गर्ने बताए। उनले आफूलाई बस्नका लागि छुट्टै क्वार्टर नचाहिने उल्लेख गर्दै मन्त्रालयमै सुत्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मन्त्रालयका सचिवलाई एउटा खाट, टेबल र खानाका लागि साधारण किचनको व्यवस्था गर्न भनेका उनले जहाँ काम गर्छन् त्यहीँ बस्ने आफ्नो बानी रहेको समेत बताए।

पुन नेपाल सरकारको ६५औँ शिक्षामन्त्री बनेका हुन्। उनले आफू Gen-Z आन्दोलनको बलमा मन्त्री बनेको भन्दै आन्दोलनको मर्म र भावनाअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलबार