FLASH NEWS
- Loading...
वडाध्यक्ष ढकाल ५२ वर्षमा क्याम्पस भर्ना

- शिक्षापाटि पत्रपत्रिका
- २९७ पटक पढिएको
मकवानपुर – ‘पढाइको उमेर हुँदैन’ भन्ने उदाहरण दिएका छन् मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले। ५२ वर्षको उमेरमा उनले हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक अध्ययन सुरु गरेका हुन्।
४८ वर्षमा कक्षा ११ भर्ना भई १२ पास गरेका खनालले जनप्रतिनिधि भएर व्यस्तताबीच पनि अधुरो पढाइ पूरा गर्ने लक्ष्य राखेका छन्। क्याम्पसले मंगलबार विशेष स्वागत गर्दै उनको भर्ना गरेको हो।
स्थानीय अध्यक्ष रञ्जन कालाखेतीका अनुसार खनालको कदम गाउँबासीका लागि प्रेरणादायी छ र यसले निरन्तर अध्ययनको सन्देश दिएको छ।
नयाँ पत्रिका
प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार
//php if (function_exists('goji_reactions')) { goji_reactions(); } ?>

प्रतिक्रिया दिनुहोस









