- Loading...
शिक्षक सेवा आयोगको पाठ्यक्रम परिवर्तनको तयारीमा छौं : शिक्षामन्त्री भट्टराई

- RKमुख्य समाचार
- ३०४८ पटक पढिएको
रामेछाप, ८ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षक सेवा आयोगको पाठ्यक्रम परिवर्तन गर्ने तयारी भइरहेको बताएकी छिन्। उनले आयोगका कर्मचारीहरूसँग यसबारे छलफल भइसकेको जानकारी दिँदै, यही आर्थिक वर्षमा पाठ्यक्रम परिवर्तन गरिने बताइन्।
सामाजिक सञ्जाल तिर
मन्त्री भट्टराईले भनिन्, “शिक्षक सेवा आयोगको पाठ्यक्रम परिवर्तन हुन्छ। यसबारे कर्मचारीहरूसँग छलफल भइसकेको छ र हामीले यसलाई यही आर्थिक वर्षमा परिवर्तन गर्ने योजना बनाएका छौं। अहिले उहाँहरू नतिजा निकाल्ने काममा व्यस्त हुनुहुन्छ, त्यसपछि परिवर्तनको प्रक्रियालाई छलफल गरेर अगाडि बढाउनु हुनेछ।”
आयोगले पाठ्यक्रम परिवर्तनका लागि विभिन्न चरणमा सरोकारवालाहरूको सुझाव लिने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ। पाठ्यक्रमलाई शिक्षा सम्बन्धी पेडागोजीमा केन्द्रीत गरेर परिवर्तन गर्ने योजना रहेको छ र यसबारे आन्तरिक छलफल चलिरहेको बताइएको छ।
आयोगले आधारभूत तह र माध्यमिक तहको पाठ्यक्रम २०७६ सालमा निर्माण गरेको थियो भने, अध्ययन अनुमति पत्र र बढुवाको पाठ्यक्रम २०७८ सालमा तयार गरेको थियो।
//php if (function_exists('goji_reactions')) { goji_reactions(); } ?>










