- Loading...
शतलिङ्गेश्वर मावि रामेछापमा ६१ औं राष्ट्रिय बालदिवस कार्यक्रम गरि मनाइयो

- शिक्षापाटि विद्यालय गतिविधि
- ११९८ पटक पढिएको
२९ भदौ ,
रामेछाप, सुनापति – श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयमा बाल क्लवको आयोजनामा ६१औं राष्ट्रिय बाल दिवस भव्य रूपमा सम्पन्न भएको छ। बाल अधिकार, शिक्षा र सचेतनाबारे जनचेतना फैलाउने उद्देश्यसहित विद्यालयले यस वर्षको बाल दिवसलाई विशेष कार्यक्रममार्फत मनाएको हो।

बाल दिवसको अवसरमा बिहान विद्यार्थीहरूले प्लेकार्डसहित चेतनामूलक र्याली निकालेका थिए। त्यसपछि विद्यालय परिसरमा विविध रमाइलो तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो। कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले तातो आलु खेल, कक्षा ४ र ५ का विद्यार्थीहरूले म्युजिकल चेयर, र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बाल क्लवको तर्फबाट पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रम बाल क्लवकी अध्यक्ष तिलमाया घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सुनापति गाउँपालिका–१ का वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाई अतिथि रहनु भएको थियो। विशेष अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व वडा अध्यक्ष चण्डेश्वर चौलागाई, वडा सदस्य चन्द्र बहादुर तितुङ, साथै विद्यालयका प्रधानाध्यापक कविन लामा तथा शिक्षकवृन्द सहभागी थिए।

विद्यार्थीहरूले गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू समेत गरेका थिए। कार्यक्रमको सञ्चालन बाल क्लवका सदस्य शन्देश घिसिङले गरेका थिए। सो अवसरमा प्रमुख अतिथि चौलागाई, समितिका अध्यक्ष चण्डेश्वर चौलागाई र प्रधानाध्यापक लामाले बालबालिकाको उज्जवल भविष्यका लागि शिक्षा, संस्कार र अवसरको अपरिहार्यता औंल्याउँदै बाल दिवसको शुभकामना व्यक्त गरेका थिए।













