- Loading...
माध्यमिक तहमा कुन प्रदेशमा कति उतिर्ण भए? सम्पुर्ण विवरण सहित
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १२७ पटक पढिएको

काठमाडौं ।शिक्षक सेवा आयोगले माध्यमिक तह सामान्य परीक्षाको ७ वटै प्रदेशको नतिजा सार्वजनिक गरेको छ। गत २०७८ चैत १५ गते आयोगले लिएको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको हो। रिक्त दरबन्दी १५५२ रहेको माध्यमिक तहमा परीक्षामा जम्मा सहभागी संख्या ३२ हजार ९७ जना रहेका थिए जसमा उतिर्ण ३ हजार ८ सय ८६ जना भएका छन भने जम्मा उतिर्ण % १२.११ रहेको छ।
सामाजिक सञ्जाल तिर
प्रदेशगत सहभागी संख्या उतिर्ण प्रतिशत हेर्दा प्रदेश १ मा जम्मा सहभागी ८०७१ जना रहेकोमा ९८८ जना (१२.२४%) उतिर्ण भएका छ्न।
मधेस प्रदेशमा जम्मा सहभागी २०१५ रहेकोमा १२० जना (५.९५५%) उतिर्ण भएका छ्न।
बागमती प्रदेशमा जम्मा परीक्षामा सहभागी ६२२६ जना रहेकोमा ८९२ जना (१४.३३%) उतिर्ण भएका छ्न।
गण्डकी प्रदेशमा परीक्षामा जम्मा सहभागी ६४७४ जनामा ८६५ जना (१३.३६%) उतिर्ण भएका छ्न।
लुम्बिनी प्रदेशमा जम्मा सहभागी ४३५१ सहभागी मध्ये ४६५ जना(१०.६९%) उतिर्ण भएका छन।
कर्णाली प्रदेशमा जम्मा परीक्षामा सहभागी १४७३ जनामा १९१ जना (१२.९७%) उतिर्ण भएका छन।
सुदुरपश्चिम प्रदेशमा परीक्षामा जम्मा सहभागी ३४८७ जना रहेकोमा ३६५ जना (१०.४७%) उतिर्ण भएका छन।

