FLASH NEWS
  • Loading...

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशित

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशित

काठमाडौं, साउन ३१ ।
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापन सार्वजनिक गरेको छ। आयोगले २०८२ साउन ३१ गते प्रकाशित सूचनामार्फत न्यूनतम योग्यता पुगेका तथा तोकिएका तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूलाई अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको हो।

आयोगले शिक्षक सेवा आयोग नियमावली २०७५ (संशोधनसहित) को प्रावधानअनुसार दरखास्त प्रक्रिया अघि बढाउने जनाएको छ। इच्छुकहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि २०८२ साउन ३० गतेको निर्णयअनुसार अनुमतिपत्र विज्ञापन गर्ने निर्णय भएको आयोगले जनाएको छ। विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np मा प्रकाशन गरिएको छ।


👉 शिक्षा पाटी ।। शिक्षक सेवा आयोग ।। अध्यापन अनुमतिपत्र

आयोगको सूचना

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार