- Loading...
शिक्षक लाइसेन्स तयारी सामग्री:परीक्षामुखी शैक्षिक इतिहास (भाग ३)
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १०४ पटक पढिएको

१. नेपालको शैक्षिक प्रशासनलाई २८ जिल्लामा कहिले बिभाजन गरिएको थियो ?- वि.स २०१५
२. नेपालको शिक्षा प्रशासनलाई १४ अञ्चल र ७५ जिल्लामा बिस्तार कहिले गरियो ?- वि.स २०१५
३. वि.स २०२० मा झापाको बुधबारेमा अनिवार्य निशुल्क प्राथमिक शिक्षाको उद्घाटन कसले गरेका थिए ?- राजा महेन्द्रले
४. विशेष शिक्षा कार्यक्रमको थालनी कहिले बाट भएको हो?- वि.स २०२१
५. पहिलो शिक्षा नियमावली कहिले प्रकाशन भयो?- वि.स २०२३
६. वि.स २०१८ मा स्थापित १४ अन्चल शिक्षा अधिकारी कहिले खारेज गरियो?- वि.स २०२७
१५. नंया शिक्षा योजना लागू भएका प्रथम जिल्ला कुनकुन हुन?- चितवन र कास्की
१६. प्राथमिक तहको शिक्षा निशुल्क गर्ने घोषणा कहिले भयो ?- वि.स २०३१फागुन १२ राजा बिरेन्द्रले
१७. सरकारले दुर्गम क्षेत्रका २८ बिधालयमा निशुल्क पाठ्यपुस्तक वितरण गर्न कहिले सुरु गर्यो ?- वि.स २०३२/२०३३
१८. सरकारले निजि क्षेत्रमा कलेज स्थापना गर्न स्वीकृत कहिले देखि दिन थालेको हो?- वि.स २०३७
१९. वि.स २०४१ सालमा कसको ऋण सहयोग र प्राविधिक सहयोगमा प्राथमिक शिक्षा परियोजना संचालन भएको थियो ?- बिश्व बैंकको ऋण र युनिसेफको प्राविधिक सहयोग
२०. महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना कहिले भयो ?- वि.स २०४३ दाङको बेल्झुन्डीमा
२१. उच्च शिक्षा ऐन जारी कहिले भयो ?-वि.स २०४६ कार्तिक १
२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो ?- वि.स २०४७ फागुन १४
२३. निजि क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो?- काठमाडौं विश्वविद्यालय
२४. प्राथमिक विधालयमा भर्ना गर्नुपर्दा जन्मदर्ता अनिवार्य हुनुपर्ने निर्णय कहिले बाट भयो ?- वि.स २०४९ फागुन १
२५. शिक्षा ऐनको कुन सन्सोधनले राष्ट्रिय शब्द हटाएर शिक्षक सेवा आयोग नाम राख्यो?- ७ औ(२०५८/१०/२५)
२६. कक्षा १ मा अङ्ग्रेजी अनिवार्य कहिले देखि भयो ?- वि.स २०६०
२७. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो?- वि.स २०७३ असार १५
२८. वि.स २००७ सालसम्म कति वटा प्रावि,मावी,र उच्च तह थिए ?- क्रमश ३२१,११,१ (त्रीचन्द्र कलेज)
२९. राणा शासनको अन्त्यमा नेपालमा पुस्तकालयको संख्या कति थियो ?- ६ वटा
३०. योजनाबद्ध प्रौढ शिक्षाको थालनी कहिले देखि भएको हो?- वि.स २०१३
३१. College of Education को स्थापना कहिले भयो ?- वि.स २०१३ भाद्र २४
३२. नेपालभरका बिधालयमा नेपाली भाषामा पढाउनुपर्ने ब्यवस्था कहिले देखि भयो?- वि.स २०१४
३३. नेपाली भाषाले राष्ट्रिय रुपमा राष्ट्र भाषाका रुपमा बैधानिक मान्यता कहिले पाएको हो?- वि.स २०१५
३४. प्राथमिक स्कुलको पाठ्यक्रम सरकारी तवरबाट प्रकाशन कहिले बाट गरियो?- वि.स २०१५
३५. निमावी निरीक्षक हटाएर प्राविनी र माविनिको ब्यवस्था लागु कहिले भयो?- वि.स २०३०
३६. शिक्षा ऐनको कुन संसोधनले बिधालय तहको संरचना प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्म आधारभुत तह र कक्षा ९-१२ माध्यमिक तह बनायो?- ८ औ सन्सोधनले वि.स२०७३/०३/१५
३७. शिक्षा मन्त्रालयको नाम शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रालय बनाइयो?- वि.स २०७४ चैत १
३८. ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ रहने निर्णय नेपाल सरकार मन्त्रीपरिषद बाट कहिले भयो ?- वि. स २०७४ चैत २७
३९. खुला विश्वविद्यालयमा औपचारिक रुपमा पठनपाठन कहिले देखि भएको हो?– वि.स २०७५ जेठ १२
४०. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मन्त्रीपरिषदबाट स्वीकृत कहिले भएको हो?- वि.स २०७६ कार्तिक १८
४१. शिक्षक सेवा आयोग नियमावली को १० औ संसोधन कहिले भएको हो?- वि.स २०७६ असोज १३
४२. वि.स २०७६ को बिद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के थियो ?- ” सबै बालबालिकालाई बिधालय पठाऔ, नेपाललाई शिक्षितहरुको देश बनाऔ”
४३. ७ औ राष्ट्रिय बिज्ञान दिवस २०७६ असोज १ को नारा के थियो ?- “विज्ञान प्रविधि र नवपर्वतन:सामाजिक आर्थिक रुपान्तरण
४४. कक्षा १ मा एकीकृत पाठ्यक्रम लागू कहिले भएको हो?-शैक्षिकसत्र वि.स २०७७
४५. Letter grading निर्देशिका २०७८ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट कहिले स्वीकृत भयो ?-वि.स २०७८ पुस ७ गते (पहिलो संसोधन २०७८ फागुन १८)
४६. बिधालय तहको नंया पाठ्यक्रम ढाचा स्वीकृत कहिले भएको हो?- वि.स २०७५ जेठ २
४७. स्रोतकेन्द्र ब्यवस्थापन प्रणाली खारेज कहिले भयो ?- वि.स २०७५ फागुन ३
४८. राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना कहिले भयो ?- वि.स २०७४ असोज २९
४९. स्थानीय सरकार सन्चालन ऐन, २०७४ कहिले जारी भएको हो?- वि.स २०७४ असोज २९
५०. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयो ?- वि.स २०६६ कार्तिक १३
सामाजिक सञ्जाल तिर

