- Loading...
शिक्षक प्रधानमन्त्री बिचको वार्ता निष्कर्ष बिहीन, शिक्षक आन्दोलन अझ शसक्त हुने
- शिक्षापाटि
- मुख्य समाचार
- ११६ पटक पढिएको

काठमाडौं ; आन्दोलनरत नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री तथा सभामुखु देवराज घिमिरे बिचको वार्ता तथा छलफल विना निष्कर्ष टुङ्गिएको छ । चैत २० गते देखि नयाँ शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै सड प्रदर्शनमा आएका शिक्षकको आन्दोन १७ दिज भए पछि शुक्रवार प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका थिए । साँझ ७ बजे बाट सुरु हुने भनिएको वार्ता २ घण्टा ढिलो गरि सुरु भएको थियो ।
सामाजिक सञ्जाल तिर
महासंघको तर्फबाट प्रधानमन्त्रीलाई शिक्षकहरुको माग बारे प्रष्ट जानकारी गराइएको र ११ बजे सम्म करिव २ घणटा छलफल भएको र त्यसपछि सभामुख देवराज घिमिरे सगँ राती १ बजे सम्म छलफल भएको र ऐन जारी सम्बन्धमा छलफल भएको महासंघ अध्यक्ष तथा वार्ता टोलीका संयोजक लक्ष्मी किशोर सुवेदीले जानाकारी गराएका छन ।
वार्तामा छलफल मात्र भएको र ठोस समाभान उन्मुख नभएकोले शिक्षक आन्दोल निरन्तर जारी रहने र आन्दोलनमा सहभागी भएर साथ दिन सम्पुर्ण शिक्षक तथा कर्मचारीलाई अध्यक्ष सुवेदीले आवहान गरेका छन् ।

