FLASH NEWS
- Loading...
विद्यालय शिक्षा विधेयक पारितका लागि मन्त्री पन्तले फेरि मागे समय
मन्त्री पन्तले समय माग गरेपछि शिक्षा समितिबाट विधेयक पारित हुन सकेन

- शिक्षापाटि मुख्य समाचार
- ४२२ पटक पढिएको
शिक्षा पाटी
असार-२२, काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गराउन शिक्षामन्त्री रघुजी पन्तले पुनः थप समय माग गरेका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले विधेयकमा सहमति जुटाउनका लागि केही समय आवश्यक भएको बताउँदै समितिसँग समय मागेका हुन्।
यसअघि पनि मन्त्री पन्तले समय मागेकै कारण विधेयक समितिबाट पारित हुन नसकेको भन्दै समितिका केही सदस्यहरूले असन्तुष्टि जनाएका थिए। विधेयक पारितका लागि पटक–पटक समय लिइए पनि सहमति जुट्न नसक्दा विद्यालय शिक्षासँग सम्बन्धित कानुनी प्रक्रिया अलमलमा परेको छ।
प्रकाशित मिति: २०८२ अषाढ २२, आईतबार

प्रतिक्रिया दिनुहोस












