FLASH NEWS
  • Loading...

महानगरको छात्रावृती परिक्षा सम्पन्न , १४ हजार बढी सहभागी , नतिजा आइतबार सार्वजनिक गरिने

नतिजा साउन -४ गते आइतबार प्रकाशन गरिनेछ
  • शिक्षापाटि समाचार
  • ११८८ पटक पढिएको
महानगरको छात्रावृती परिक्षा सम्पन्न , १४ हजार बढी सहभागी , नतिजा आइतबार सार्वजनिक गरिने

काठमाडौं, साउन ३ ।
काठमाडौं महानगरपालिकाले कक्षा ११–१२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूबीच आयोजित प्रवेश परीक्षा आज व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गरेको छ।

देशभरका ७७ जिल्लाबाट आवेदन दिएका १७,२९९ विद्यार्थीमध्ये १६,१३७ जना छनोट भएका थिए। तीमध्ये १४,१७३ जनाले शनिबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भए। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो र बहुविकल्पीय प्रश्नसहित कुल १०० अङ्कको थियो।

शिक्षा विभागका अनुसार, उत्तरपुस्तिका OMR प्रणालीबाट स्क्यान भइरहेको छ र नतिजा आइतबार बिहान [entrance.kathmandu.gov.np] मा सार्वजनिक हुनेछ। विद्यार्थीले SEE को सिम्बोल नम्बर, GPA र प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्नेछन्।

महानगरले १६० संस्थागत विद्यालयमा ४,००० भन्दा बढी छात्रवृत्ति सिट उपलब्ध गराउनेछ। सामुदायिक विद्यालयमा अध्ययन गरेका, महिला, दलित, जनजाति, मुस्लिम, शहीद परिवारका बालबालिकालगायतलाई आरक्षण व्यवस्था गरिएको छ।

योग्यताक्रमका आधारमा पूर्व मनोनयन गरी तोकिएको मितिमा भर्ना हुनुपर्नेछ। बाँकी सिटहरूमा पुनः छनोट गरी ‘Wrap-up’ कोटामा मनोनयन प्रक्रिया अघि बढाइनेछ।

छात्रावृतिकोलागी सोधिएका प्रश्नहरू 
प्रकाशित मिति: २०८२ श्रावण ३, शनिबार