FLASH NEWS
  • Loading...

प्राथमिक तहको परीक्षाको लागि महत्त्वपूर्ण हुन सक्छ।

Post Thumbnail

१. मानव विकास अध्ययनका विधीहरु कतिवटा छ्न?- ३ वटा( लम्बिय विधि, क्षितिजिय विधि, कोहोर्ट विधि)
२. लम्बिय विधीका प्रतिपादक को हुन?- Allen A.Stone, Williard Coslan
३. लम्बिय विधि कति किसिमको हुन्छ?- Trait Oriented,Life outcome oriented
४. विधिन्न उमेर तथा गुण विशेषता भएका बालबालिकाको प्रतिनिधिमुलक नमुना छनोट गरि तुलनात्मक रुपमा छोटो अध्ययन गरि निष्कर्ष निकालिने विधि कुन हो?- समतलिय विधि
५. मानव विकास अध्ययन विधि मध्य बैज्ञानिक र सरल विधि भनेर कुन विधीलाई भनिन्छ?- समतलिय विधि
६. मानव विकास अध्ययन विधि मध्ये मिश्रीत विधि भन्नाले कुन विधीलाई चिनिन्छ?- कोहोर्ट विधि
७. जन्म पुर्वको अवस्थालाई कति भागमा बाडिएको छ?- ३ किसिमको (Zygote,Embriyo,Fetus)
८. Foundation age,Appealing age भनेर कुन अवस्था भनेर बुझिन्छ?- शैशवस्था
९. Elizabeth B. Hurlouck का अनुसार मानव विकासका चरण कति छ्न?- १० वटा
१०. मानव जिवनमा हलचलको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ?- डिम्बाबस्था, विजावस्था
११. भ्रुणका कति भाग हुन्छन् ?- ३ भाग( सबैभन्दा बाहिरी भाग एक्ट्रोड्रम, बिचको भाग मेसोड्रम, भित्रीभाग इण्डोड्रम)
१२. परजीवीको शिक्षा भन्नाले कुन अवधीलाई बुझिन्छ?- गर्भधारण देखि बच्चा नजन्मिनुजेलको अवस्था
१३. समायोजनको अवस्था भन्नाले कुन अवस्थालाई बुझिन्छ?- नवजात शिशुअवस्था
१४. विकासको पठारको अवस्था भन्नाले कुन अवस्थालाई बुझिन्छ?- नवजात शिशु अवस्था
१५. विकासको सबैभन्दा छिटो अवस्था कुन हो?- नवजात शिशु अवस्था
१६. शारीरिक विकासमा पठारको अवस्था भन्नाले नवजात शिशु अवस्थालाई चिनिन्छ भने मानसिक विकासमा पठार भनेर कुन अवस्थालाई चिनिन्छ?- योवनअवस्था
१७. विकासको आधार शिलाको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ?- शैशवअवस्था
१८. सामाजिकिकरणको प्रारम्भको अवस्था भन्नाले कुन अवस्थालाई चिनिन्छ?- शैशवअवस्था
१९. औपचारिक सामाजिकिकरणको अवस्था भन्नाले कुन अवस्था लाई चिनिन्छ?- पुर्वबाल्यावस्था
२०. जन्मपछिको तेस्रो चरण कुन हो?- पुर्वबाल्यावस्था
२१. मनोबैज्ञानिकका अनुसार पुर्वबाल्यावस्थालाई के भनेर नामाकरण गरेका छ्न?- पुर्व वालसमुह, जिज्ञासु वा खोजीपुर्ण उमेर, अनुकरण गर्ने उमेर, सिर्जनात्मक उमेर)
२२. पुर्वबाल्याअवस्थाका बालबालिकालाई आमाबाबुले के नामाकरण गरेका छ्न?- समस्यापुर्ण उमेर, दुखपुर्ण उमेर, खेलौनाको उमेर
२३. उत्तरबाल्यावस्थाका बालबालिकाको उचाइ बार्षिक कति इन्चको दरले बढ्छ?- २-३ इन्च
२४. हर्लकको अनुसार ११ बर्षको केटीको उचाइ कति हुन्छ?- ५८ इन्च(केटाको उचाइ ५७.५ इन्च)
२५. कक्षाकोठा सफा गर्नु उत्तरवाल्यावस्थाको कुन सीप हो?- सामाजिक सीप
२६. आत्महत्या कुन शंकट हो?- शारीरिक
२७. योवनअवस्था वा वयसन्धीको अवस्था वा यौन परिपक्वताको अवस्था भन्नाले कुन अवस्थालाई चिनिन्छ?- योवनावस्था
२८.मानव विकास अध्ययन विधि मध्य समतलिय विधीका प्रतिपादक को हुन?- टेम्पलिन
२९. मानव विकासमा स्थापित हुने अवस्था कुन हो?- प्रौढावस्था
३०. पुर्वबाल्यावस्थाका बालबालिकालाई खुशीपन पैदा गर्न कुन क्रममा 3As दिनुपर्दछ?- Achievement, Affection, Acceptance
३१. विकास शिरबाट पाउ तर्फ हुन्छ भन्ने धारणा बोकेको छ?- Cephalecaudal Law
३२. मनोविज्ञानको विकासको क्रम कुन हो?- आत्माको विज्ञान, मस्तिष्कको विज्ञान, चेतनाको विज्ञान, ब्यवहार अध्ययनको विज्ञान
३३. मानवको विभिन्न ब्यवहारहरु अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?- मनोविज्ञान
३४. शरिरको केन्द्र भागबाट छेउ तिर फैलिएर हुने विकासको ढाचालाई के भनिन्छ?- निकट दुरस्थ नियम
३५. उत्तरवाल्यावस्थाको अन्त्य सम्ममा कतिवटा स्थायी दाँत आउँदछ्न?- २८
३६. बालबालिकाको खुशीमा 3 As चाहिन्छ भन्ने बैज्ञानिक को हुन?- हर्लक
संबेगात्मक सुदृढीकरणको सुरुवातको अवस्था कुन अवस्था हो?- उत्तरवाल्यावस्था                      ३७. बच्चा गर्भमा हुँदा कति समय देखि मुटुको धड्कन सुरु हुन्छ?- १५ हप्ता देखि
३८. तिब्र वृद्धि र विकासको अवस्था भनेर कुन अवस्था हो?- गर्भावस्था                                     ३९. सास्कृतीक र वातावरणीय परिवर्तनको प्रभावहरुको अध्ययन गर्न सकिने कुन विधीको फाइदा हो? – लम्बिय विधी
४०. क्षितिजिय विधीको विकास अध्ययनको लागि Templin ले कुन कुन समुहको बालबालिकामा अध्ययन गरेका थिए ?- ३, ३.५बर्ष, ४ बर्ष ,४.५ बर्ष, ५ बर्ष , ६ बर्ष , ८ बर्ष

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार