- Loading...
शैक्षिक संस्थामा २ दिन शोकविदा, त्रिविका परिक्षा स्थगित

- शिक्षापाटि पत्रपत्रिका
- २२५४ पटक पढिएको
काठमाण्डौ – जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् ।
सामाजिक सञ्जाल तिर
नेपाल मन्टेश्वरी एशोशियसन एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । काठमाण्डौ तथा ललितपुर महानगर र जिल्लाहरुले पनि पठानपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
यस्तै त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् । त्रिविको चार वर्षे स्नातक तहको आज, भोलि र पर्सिको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि आज र भोलि हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । काठमाण्डौ विश्वविद्यालयले आज पठनपाठन नहुने जनाएको छ । उज्यालो अनलाइन







