FLASH NEWS
- Loading...
त्रिविद्वारा कार्यतालिका सहित स्नातक तहमा भर्ना आह्वान
असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ ।

- शिक्षापाटि मुख्य समाचार
- ४६६ पटक पढिएको
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ।
सामाजिक सञ्जाल तिर
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।
वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो। साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ।
असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ ।
प्रकाशित कार्यतालिका

प्रकाशित मिति: २०८१ श्रावण २४, बिहिबार
//php if (function_exists('goji_reactions')) { goji_reactions(); } ?>

प्रतिक्रिया दिनुहोस







