FLASH NEWS
- Loading...
सानो उमेरमै ठूलो सफलता पाएकी श्रीजना

- शिक्षापाटि समाचार
- ६६१ पटक पढिएको
शिक्षा पाटी ।
सामाजिक सञ्जाल तिर
अर्घाखाँची : “उमेरले होइन्, मेहनतले भविष्य बन्छ” भन्ने भनाइलाई साकार पारिदिएकी छन् मालारानी गाउँपालिकाकी श्रृजना पछाईले।
केवल २५ वर्षको उमेरमै लोक सेवा आयोग, केन्द्रीय कार्यालयमार्फत आयोजित खुला प्रतियोगितात्मक परीक्षामा सफलता हासिल गर्दै उहाँ संघीय निजामति सेवामा तृतीय श्रेणी इरिगेशन इन्जिनियर पदमा सिफारिस हुनुभएको छ।
स्थानीय तहको सामान्य परिवेशबाट आएको एउटा युवतीको यस खालको उल्लेखनीय उपलब्धिले जिल्लामै मात्र होइन, सम्पूर्ण युवावर्गमा आत्मबल, प्रेरणा र सम्भावनाको नयाँ सन्देश दिएको छ।
श्रृजनाको यो सफलता उनको निरन्तर मेहनत, दृढ आत्मविश्वास र लक्ष्यप्रतिको प्रतिबद्धताको प्रतिफल हो।
उहाँलाई यो महत्वपूर्ण यात्राको प्रारम्भमा हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त होस् ।
प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार

प्रतिक्रिया दिनुहोस






