FLASH NEWS
  • Loading...

एसईई ग्रेडवृद्धि परीक्षा आज (साउन -२९) बाट सुरु, परिक्षा बिहान ८ देखि ११ बजेसम्म हुने

  • शिक्षापाटि समाचार
  • ५२९ पटक पढिएको
एसईई ग्रेडवृद्धि परीक्षा आज (साउन -२९) बाट सुरु, परिक्षा बिहान ८ देखि ११ बजेसम्म हुने

साउन-२९ ,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि परीक्षा २०८२ आज साउन २९ गतेदेखि सुरु गरेको छ। परीक्षा भदौ ६ गतेसम्म चल्नेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइएको छ।

सामाजिक सञ्जाल तिर

पहिले दुई विषयमा मात्र ‘एनजी’ (नट ग्रेडेड) ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि दिन मिल्ने व्यवस्था थियो। तर गत वर्षदेखि सम्पूर्ण विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था लागू भएको छ। यसअघि नियमित एसईई परीक्षामा ४३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ६१.८१ प्रतिशत उत्तीर्ण भए भने १ लाख ६७ हजार ५९७ जनाले ‘एनजी’ पाएका थिए। एनजी पाउनेमध्ये सबैभन्दा बढी गणितमा १ लाख २८ हजार २१५ विद्यार्थी रहेका छन्।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षाका सम्पूर्ण तयारी पूरा भइसकेका छन् र परिणाम समयमै प्रकाशन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहिबार