FLASH NEWS
  • Loading...

सबै शिक्षक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नु पर्ने अखिल क्रान्तिकारिको माग

  • शिक्षापाटि
  • समाचार
  • २४९३ पटक पढिएको
सबै शिक्षक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नु पर्ने अखिल क्रान्तिकारिको माग

काठमाडौं : खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले माग गरेको छ।

सामाजिक सञ्जाल तिर

आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै युनियनकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन्।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले शिक्षामा २० प्रतिशत लगानी गर्नु पर्ने पनि माग गरिन्।

उनले निजी विद्यालयको कुरा विधेयकबाट खारेज गर्नुपर्ने बताइन्। यो विधेयक प्रभावित भएमा भावी समाजलाई असर पर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २०८० पौष २९, आईतबार