FLASH NEWS
  • Loading...

अनलाइनमार्फत सेवा दिने भनिएको त्रिविको वेबसाईट ह्याक

  • शिक्षापाटि
  • समाचार
  • ४३२ पटक पढिएको
अनलाइनमार्फत सेवा दिने भनिएको त्रिविको वेबसाईट ह्याक

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गतेबाट अनलाइन सेवा सुरू गर्‍यो।

सामाजिक सञ्जाल तिर

पनिकाले प्रदान गर्ने सेवाहरू अनलाइनमार्फत प्रवाह गर्ने भन्दै अनलाइन सिस्टमकाे विकास गरेकाे थियाे । उक्त कार्यकाे त्रिविका उपकुलपति प्राडा शिवलाल भुसालले उद्घाटन समेत गरे । अनलाइन सेवा सुरू गरेकाे दाेस्राे दिन नै समस्या देखिएकाे छ।

हिजोदेखि अनलाइन सेवा सुरु गरेको पनिकाकाे खोल्दा सिधै राेहित राेकाया भन्ने फेसबुक अकाउन्ट खुल्न थालेकाे हाे।

आज दिउसाेसम्म सर्भर नै डाउन थियाे । तर, अहिले भने वेबसाइट खुल्दा व्यक्तिको फेसबुक नै खुल्न थालेकाे हाे। पुर्व तयारी बिना तथा अनलाइन पुर्ण नगरिकन अनलाइन सेवा सुरू गरेपछि यस्ताे समस्या आएकाे हाे। यसअघि अनलाइन सिस्टमकाे माघ १० गते डेमाे गरिएकाे थियाे। उक्त डेमा भने सफल भएकाे थियाे। वेबसाइट भद्रगोल भएको विषयमा पनिकाले भने केही जानकारी दिएकाे छैन।

प्रकाशित मिति: २०८० माघ १८, बिहिबार