FLASH NEWS
  • Loading...

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

  • शिक्षापाटि समाचार
  • ८३४ पटक पढिएको
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

बैशाख २४, काठमाडौं । सरकारले राष्ट्रियप्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ ।

सामाजिक सञ्जाल तिर

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियप्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति रक्षा मन्त्रालयअन्तर्गत रहेको बताइन् ।समितिले पूर्वाधारका कामहरू गरिरहेको पनि उनले जानकारी दिइन् । यसअघि चार वर्षको लागि समय तोकिएको र सो समयावधि वैशाख २६ गते सकिने भएकाले आजको बैठकबाट एक वर्ष म्याद थप गर्ने निर्णय भएको बताइन् ।

सरकारले सरकारको नियमित मन्त्रिपरिषद्को बैठक बस्ने दिनसम्म समितिको म्याद सकिसकेको हुने भएकाले आज नै बैठक बस्नुपरेको पनि स्पष्ट पारिन् ।
बाह्रखरिबाट

प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार