FLASH NEWS
  • Loading...

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न , नव दर्शन मावि प्रथम

प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सप्पन्न
  • शिक्षापाटि
  • समाचार
  • ६३२ पटक पढिएको
हाजिरी जवाफ प्रतियोगिता सम्पन्न , नव दर्शन मावि प्रथम

|नव दर्शन माविका सहभागी

 

सामाजिक सञ्जाल तिर

रामेछाप : जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा प्राथमिक तहका विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आइतबार नव दर्शन माध्यमिक विद्या लय तिल्पुङमा सम्पन्न भएको छ ।

नव दर्शन मावि, बुद्ध जनप्रिय मावि, बालज्योती आवि, सेतीदेवी आवि, रणजित आवि र लाली गुराँस आवि गरि ६ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

शैक्षिक उत्थान संस्थाको आर्थिक सहयोगमा नवदर्शन माध्यमिक विद्यालयमा आयोजना गरिएको प्रतियोगितामा नवदर्शन मावि प्रथम , बुद्ध जन प्रिय आवि द्दितिय, सेतीदेवी आवि तृतीय र रणजित आवि शान्त्वना हुन सफल भएका थिए ।

प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगद पुरस्कार , प्रमाणपत्र तथा शैक्षिक सामग्री पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता टिमा

नव दर्शन माविका सहभागी

बुद्ध जनप्रिय मावि का सहभागी

सेतीदेवी आविका सहभागीहरु

रणजित आविका सहभागीहरु

 

३५ जनालाई छात्रावृती वितरण

सोही दिन शैक्षिक उत्थान संस्थाले नै नव दर्शन माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार , आर्थिक स्थिति कमजोर भएका तथा पिछडिएका समुदायका विद्यार्थी गरि जम्मा ३५ जनालाई छात्रावृती स्वरुप विद्यालय पोशाक, झोला तथा कपी कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

छात्रावृती वितरणका केही झलक

 

 

प्रकाशित मिति: २०८१ बैशाख ३१, सोमबार