FLASH NEWS
  • Loading...

सातौं पटक विज्ञापन गर्दा पनि पाइएन गणित शिक्षक

सातौं पटक विज्ञापन गर्दा पनि पाइएन गणित शिक्षक

परासी :पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयले सातौं पटक विज्ञापन गर्दा पनि गणित शिक्षक पाउन सकेको छैन । ६ पटकसम्म विज्ञापन गर्दा शिक्षक नपाएपछि सातौं पटक विज्ञापन गरेको हो ।

सामाजिक सञ्जाल तिर

७ दिनको समयसीमा तोकेर साउन २१ मा सातौं पटक विज्ञापन गरेको समय सकिदा पनि कसैको पनि आवेदन नपरेको विद्यालयले जनाएको छ ।

माध्यमिक तहको गणित विषयको दरबन्दी यस विद्यालयमा नहुँदा पठनपाठनमा समस्या आएको भन्दै नगरपालिकाले नगर अनुदान कोटाअन्तर्गत एक जना शिक्षकको व्यवस्था गरेको हो । जसको तलब मासिक २६ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि मासिक २२ हजार निर्धारण भएकामा चालु आर्थिक वर्षदेखि २६ हजार रुपैयाँ तोकिएको प्रधानाध्यापक ऋषिराम ढकालले बताए । ‘माध्यमिक तहको तलब स्केल ४० हजारभन्दा माथि छ,’ उनले भने, ‘सूचना प्रकाशित भएपछि तलब स्केल सोध्ने धेरै छन् । तर, दरखास्त दिन कोही आउँदैनन् ।’ विषयगत शिक्षक नपाउँदा विद्यालयको पठनपाठनमा समस्या भएको पनि उनले बताए । कान्तिपुर

विद्यालयले प्रकाशन गरेको सूचना 

प्रकाशित मिति: २०८१ श्रावण २७, आईतबार