- Loading...
कक्षा -१२ को ग्रेडवृद्धि (पूरक ) परीक्षाको नतिजा सार्वजनिक , ७०.६ प्रतिसत सफल
- शिक्षापाटि
- मुख्य समाचार
- १८५ पटक पढिएको
काठमाण्डौ : कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ७० दशमलव ६ प्रतिशत अर्थात ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
सामाजिक सञ्जाल तिर
एक लाख २२ हजार एक सय ७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको र तीन जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ ।
प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले सात दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ । पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ ।