FLASH NEWS
- Loading...
गणित शिक्षकको अभाव , पटकपटक विज्ञापन गर्दा पनि हुँदैन पदपुर्ती
धादिङको पिन्डेश्वरी माध्यमिक विद्यालयले मावि गणित शिक्षक पदपूर्तिको लागि छैटौं पटक विज्ञापनको सूचना प्रकाशन गरेको छ ।

- शिक्षापाटि समाचार
- ५१५ पटक पढिएको
मङ्सिर ७, धादिङको पिण्डेश्वरी माध्यमिक विद्यालयले छैटौँपटक गणित शिक्षकका लागि आवेदन माग गरेको छ। गजुरी–४, गैरीगाउँमा रहेको उक्त विद्यालयले संघीय अनुदान कोटामा आज (मंसिर ६ गते) छैटौँपटक आवेदन माग गरेको हो।
सामाजिक सञ्जाल तिर
विद्यालयले माध्यमिक तहको गणित विषयको लागि एकजना शिक्षकका लागि विज्ञापन गरिएको जनाएको छ।
अध्यापन अनुमति पत्र (लाइसेन्स) नभए पनि गणित विषयमा स्नातक तह उत्तीर्ण भएका जो कोहीले पनि आवेदन दिन सकिने बताइएको छ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ।
दरखास्त दिने अन्तिम मिति यही मंसिर १० गतेसम्म तोकिएको छ। आवश्यक कागजातहररूमा शैक्षिक योग्यताका प्रमाण पत्रका प्रतिलिपिहरू र नेपाली नागरिकताको प्रतिलिपि भए पुग्ने विद्यालयले जनाएको छ।
विद्यालयले छैटौं पटकपटक विज्ञापन गरेको सूचना

प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार

प्रतिक्रिया दिनुहोस






