FLASH NEWS
  • Loading...

कक्षा १२ को परिक्षा नसर्ने, निजामती कर्मचारी लगाएर भए पनि परिक्षा गरिने

लोकसेवा आयोगको परिक्षा त गर्न सक्छन् निजामतिले भने १२ कक्षा को पनि सक्ने राय धेरैको थियो
कक्षा १२ को परिक्षा नसर्ने, निजामती कर्मचारी लगाएर भए पनि परिक्षा गरिने

काठमाडौं : कक्षा १२ को परीक्षा नसर्ने भएको छ । तोकिएकै मिति ११ बैशाखमै हुने भएको हो । मंगलबार बिहान परीक्षा बोर्ड सानोठिमिमा बसेको शिक्षा सचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा संचालन गर्न पत्राचार गर्ने जनाइएको छ ।

सामाजिक सञ्जाल तिर

शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । ८ बजेदेखि बसेको बोर्डको बैठक सकिएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलबार