शिक्षक सेवा आयोग
काठमाडौं, साउन १ गते ।
शिक्षक सेवा आयोगले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षक छनोट तथा पदपूर्तिका कार्यक्रम समेटिएको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले विभिन्न तह र विषयका लागि लिखित परीक्षा, अन्तर्वार्ता, विज्ञापन प्रकाशन, नतिजा प्रकाशन, तथा सिफारिस मिति स्पष्ट रूपमा तालिकामा उल्लेख गरेको छ।
सार्वजनिक कार्यतालिकाका अनुसार:
-
प्रारम्भिक, निम्न माध्यमिक तथा माध्यमिक तह (खुला तथा आ.प्र. तर्फका) पदपूर्ति प्रक्रिया साउनदेखि सुरु भई माघ महिनासम्म सञ्चालन हुनेछ।
-
शिक्षक दरबन्दी र शिक्षक आवश्यकता अध्ययन प्रतिवेदन तयार गर्ने कार्य साउनदेखि असारसम्म चल्नेछ।
-
समावेशी विज्ञापन (शिक्षक, उपसचिव, अधिकृतस्तर आदि) को प्रक्रिया साउनदेखि सुरु भई चैत महिनासम्म जारी रहनेछ।
-
नियमित, बढुवा तथा विषयगत पदपूर्ति समेत कार्यतालिकामा समावेश गरिएको छ।
यसका अतिरिक्त, सेवा, तालीम, मापदण्ड सम्बन्धी कार्यहरू पनि साउनदेखि नियमित रूपमा सञ्चालन गरिने उल्लेख छ। आयोगले कार्यतालिका अन्तर्गत माघ महिनामा विज्ञापन प्रकाशन, चैतमा परीक्षा सञ्चालन तथा असारसम्म सिफारिस सम्पन्न गर्ने जनाएको छ।
आयोगको कार्यतालिका

शिक्षक सेवा आयोगका अनुसार, यो कार्यतालिका शिक्षक छनोट प्रक्रिया पारदर्शी, समयबद्ध र व्यवस्थित बनाउनका लागि तयार गरिएको हो।
––शिक्षा पाटी














