- Loading...
नियम विपरीत परिक्षाहलमा टिकटक बनाउनेलाइ आयोगले गर्यो कार्वाही, २ वर्ष सम्म कुनै परिक्षामा सहभागी हुन नपाँउने
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १६८ पटक पढिएको

काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अनुमतिपत्रको परीक्षामा सहभागी विनोदकुमार बम्मको दरखास्त रद्द गर्नुको साथै दुई वर्षसम्म अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नदिने निर्णय गरेको छ ।
आयोगले गत २८ गते सञ्चालन गरेको निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ त्रिभुवन मा.वि.बोराडाँडी ‘ख’ केन्द्रमा परीक्षार्थी बम्म सहभागी भएका थिए ।
उनले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेको भन्दै शिक्षक सेवा आयोग नियमावली, २०५७ को उपनियम २६ को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्ध गर्ने निर्णय गरेको जनाएको छ ।
आयोगले सूचना जारी गर्दै सोही नियमावली नियम ४३ अनुसार आउँदो दुईवर्षसम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको जनाएको छ ।

